काठमाडौं, ४ मङ्सिर – सभामुख ओनसरी घर्तीमगरले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध एक महिनाअघि संसद्मा दर्ता महाभियोग प्रस्तावमाथि जारी छलफल आइतबार सक्ने विश्वास व्यक्त गरे पनि त्यो सम्भावनाभन्दा धेरै टाढा देखिएको छ ।
महाभियोग प्रस्तावमाथिको छलफलमा ५१ जना सांसदले मात्र बोलेका छन् । संसद् सचिवालय स्रोतका अनुसार झन्डै ३ सय सांसदले बोल्ने तयारी गरेका छन् । कात्तिक ३ मा दर्ता भएको प्रस्तावमाथि एक महिनामा ४ दिन मात्रै छलफल भएको छ ।
सभामुख घर्तीमगर आइतबार साँझ रुस भ्रमणमा जाने भएकाले सोही दिन संसद्को छलफल सकेर महाभियोग प्रस्तावलाई समितिमा पठाउने तयारीमा रहेको बुझिन्छ । त्यसका लागि आफूले प्रमुख दलका नेतासँग छलफल गरिरहेको जानकारी सभामुख घर्तीमगरले दिएकी छन् । नेताहरूले उनको सुझाव माने सांसदहरूलाई बोल्नबाट वञ्चित गर्नुपर्नेछ ।
तर दलहरू भने अझै केही दिन छलफल लम्ब्याउने कसरतमा लागेको स्रोतले बतायो । ‘प्रस्तावमाथि बोल्न चाहने सांसदको सूची त लामै छु, सभामुख घर्तीमगरले शुक्रबार सञ्चारकर्मीसँग भनिन्, ‘तर आइतबार नै छलफल सक्नुपर्यो भनेर मैले दलका नेतालाई भनेकी छु । मलाई विश्वास छ, आइतबार नै छलफल समाप्त भएर प्रस्ताव समितिमा जान्छ । संसद्ले प्रस्ताव पठाएपछि महाभियोग समितिले त्यसमाथि अनुसन्धान गरी एक महिनाभित्र प्रतिवेदन बुझाउनुपर्छ । अन्नपूर्ण पोस्ट
Previous Articleसीमांकनमा प्रधानमन्त्री प्रचण्डका तीन विकल्प
Next Article लाेडसेडिङ अन्त्यका लागि दिउँसो सडकबत्ती निभाउन आग्रह