काठमाडौं । नेकपा एमालेले पार्टीका १० जना पदाधिकारीको मर्यादाक्रम तोकेको छ ।
तत्कालीन नेकपा एमालेको केन्द्रीय नेतृत्वमा रहेको आधार र तत्कालीन नेकपाको सचिवालय तथा स्थायी कमिटीको बरितयालाई समेत मिलाएर नेताहरुको मर्यादाक्रम तोकिएको हो ।
हिजोदेखि भक्तपुरमा जारी केन्द्रीय कमिटीको दोस्रो बैठकले वरीयता निर्धारण गरेको हो । अध्यक्ष केपी ओली र बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलपछि उपाध्यक्षहरुमा युवराज ज्ञवाली पहिलो वरियतामा छन् भने रामबहादुर थापा तेस्रो र विष्णु पौडेल चौथो वरीयतामा छन् ।
थापा नेकपा सचिवालयमा बिष्णु पौडेलमाथि माथिल्लो वरीयतामा थिए । त्यस्तै ज्ञवाली र शाक्य एमालेको पहिले नै उपाध्यक्ष थिए । त्यसपछिको वरीयतामा सुवास नेम्वाङ र सुरेन्द्र पाण्डे छन् ।
महासचिव शंकर पोखरेलपछि उपमहासचिवमा प्रदीप ज्ञवाली पहिलो वरीयतामा रहँदा पृथ्वीसुब्बा गुरुङ दोस्रो र बिष्णु रिमाल तेस्रो वरियतामा छन् ।
सचिवहरुमा टोपबहादुर रायमाझी पहिलो वरीयतामा छन् । त्यसपछि लेखराज भट्ट छन् ।
हेर्नुहोस् पदाधिकारीको वरियताक्रमः
अध्यक्ष
केपी शर्मा ओली
वरिष्ठ उपाध्यक्ष
ईश्वर पोखरेल
उपाध्यक्ष
युवराज ज्ञवाली
अष्टलक्ष्मी शाक्य
रामबहादुर थापा
विष्णु पौडेल
सुवास नेम्वाङ
सुरेन्द्र पाण्डे
महासचिव
शंकर पोखरेल
उपमहासचिव
प्रदीप ज्ञवाली
पृथ्वीसुब्बा गुरुङ
विष्णु रिमाल
सचिव
टोपबहादुर रायमाझी
लेखराज भट्ट
रघुविर महासेठ
छविलाल विश्वकर्मा
गोकर्ण विष्ट
योगेश भट्टराई
पद्मा अर्याल