‘घरैबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने मूल नारासहित शनिबार म्याग्दीको सदरमुकाम बेनीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । महिला अधिकार मञ्च सचिवालय संस्था मिलन म्याग्दी, शुभ महालक्ष्मी इन्भेष्टमेन्ट प्रालि म्याग्दी र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड बेनी, म्याग्दीको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा लैङ्गिक हिंसासम्बन्धी विषयमा अन्तरक्रिया र छलफल गरिएको आयोजकले जनाएका छन् । कार्यक्रममा महिला अधिकार मञ्चका सचिव विष्णु गौतम सापकोटा, युवासँग महालक्ष्मी लाइफका केन्द्रीय सदस्यद्वय लिलादेवी थापा, गीता फगामी, जिल्ला सदस्य कमलकुमारी पूर्जा र शुभ महालक्ष्मी इन्भेष्टमेन्ट प्रालिका सदस्य तथा नारी जागृति महिला विकास बहुउद्दश्यीय सहकारी संस्थाका अध्यक्ष चिना बानियाँले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको अवसरमा बीमासँग सम्बन्धित विषय तथा अभिकर्ता बनाई आर्थिक उपार्जन गरी परनिर्भरता घटाउने एवं लैङ्गिक हिंसा न्युनीकरणमा टेवा पु¥याउन अन्तरक्रिया गरिएको थियो । कार्यक्रममाथि महालक्ष्मी इन्स्योरेन्स लिमिटेडका धौलागिरि क्षेत्रीय प्रमुख जमुना आचार्यले सहजीकरण गरेकी थिइन् ।
३५ जनाले सहभागिता जनाएको कार्यक्रम महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका धौलागिरि क्षेत्रीय प्रमुख आचार्यको अध्यक्षता, बेनी शाखा प्रमुख सावित्रा खत्रीको सञ्चालन र मिलन म्याग्दीका कोषाध्यक्ष तिलकुमारी रानाको स्वागतमा सम्पन्न भएको थियो ।
Previous Articleअपाङ्गको तथ्याङ्क सङ्कलन भएनः सरोकारवाला
Next Article रुप्से दैनिक ! २० मंसिर २०७८