तिम्रो जस्तै छ छुट्टै कहानी मेरो पनि ।
बग्छ आँखाबाट अविरल पानी मेरो पनि ।
भयो धेरै बहाना बनाएर किन टाढा,
आलै छ यो मुटुमा निशानी मेरो पनि
पत्थर हैन यो दिल, दुख्ने तिमलाई जस्तै,
बुझ तिम्रो जस्तै जिन्दगानी मेरो पनि
कालो,मैलो सारा अन्धकार हटाई,
आउनेछ जीवनमा विहानी मेरो पनि