म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा ग १ ज ७२५१ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा चालक सहित ४ जनाको मृत्यु भएको छ । सदरमुकाम बेनी देखि बेगखोला जाँदै गरेको जिपमा ८ जना सवार सवार रहेको प्रहरीले जनाएको छ ।
दुर्घटना हुँदा जिपमा सवार रघुगंगा गाउँपालिका–१ बेगका २९ वर्षिय गौमायाँ बिक., ३५ वर्षिय चालक दुतबहादुर थापा, २५ वर्षिय खिम पुन र ५७ वर्षिय खिमनाथ शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उरीक्षक(डिएसपी) श्यामकुमार राईले बताउनुभयो ।
प्रनाउ राईले भन्नुभयो जिपमा सवार रहेका रघुगंगा गाउँपालिका–१ बेगका २० वर्षिय भिम फगामी, ४५ वर्षिय बेलबहादुर बि.क., २३ वर्षिय मनोज पुन र ३० ज्ञानबहादुर शेरपुञ्जा घाइते भएका छन् ।
जीप दुर्घटना भएपछि उद्धारका लागि रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, अनेरास्ववियुका केन्द्रीय सदस्य सुवास विश्वकर्मा सहितको टोली घटनास्थल पुग्नु भएको थियो । त्यस्तै नेपाली काँग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा बेनी अस्पतालमा खट्नुभएको थियो ।
उकालो ठाउँमा दुर्घटना भएको छ, चालककै मृत्यु भै सकेको छ, दुर्घटनाको कारण पत्ता लगि सकेको छैन जिप्रका म्याग्दीका प्रनाउ राईले बताउनुभयो ।
बेनी अस्पतालका सुचना अधिकारी प्रकाश सुवेदीका अनुसार घाइते ४ जनालाइ बेनी अस्पतालमा उपचार पछि थप उपचारका लागि पोखरा रिफर गरीएको छ ।
Previous Articleमहिला आन्दोलनको उपलब्धी, चुनौती र अनेमसंघको भूमिका
Next Article रुप्से दैनिक ! १३ मंसिर २०७८