नेकपा (माओवादी केन्द्र)को म्याग्दीका पाँच वटा स्थानीय तहमा शनिबार नेतृत्व चयन भएको छ । बेनी नगरपालिका, मंगला, रघुगंगा, मालिका र धवलागिरी गाउँपालिकामा शनिबार भएको प्रथम अधिबेशनबाट निर्बिरोध नेतृत्व चयन भएको हो ।
सबै पालिकामा पदाधीकारी, सदस्य र प्रदेश अधिबेशन प्रतिनिधी निर्बिरोध चयन भएका जिल्ला संयोजक रेशम जुग्जालीले जानकारी दिनुभयो । “३९ वडामा कमिटी र ६ वटा वडामा संगठन कमिटि चयन भएको छ,” उहाँले भन्नुभयो “अन्नपूर्ण गाउँपालिकामा थप तयारी गरेर केही दिनमै अधिबेशन हुन्छ ।”
सात पदाधिकारीसहित नगरपालिकामा ६५ र गाउँपालिकामा ५५ सदस्यीय कमिटी चयन भएको हो । ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १५ प्रतिशत दलित र ५ प्रतिशत मुस्लिम समुदायको प्रतिनिधित्व भएको संयोजक जुग्जालीले बताउनुभयो ।
लामो समयपछि आन्तरिक प्रतिस्पर्धालाई आत्मसाथ गरेको माओवादीमा सम्मेलन तथा अधिवेशनले नेता, कार्यकर्तामा उत्साह जगाएको छ । धेरै ठाउँमा युवा, दलित र महिला नेतृत्वमा आएका छन् ।
वडा, स्थानीय तह, प्रदेश हुँदै राष्ट्रिय सम्मेलनको तयारीमा माओवादी केन्द्र जुटेको छ । प्रदेश तहको अधिवेशन यही मङ्सिर २५ गतेलाई तोकिएको छ । आउँदो पुस ११ देखि १३ गतेसम्म काठमाडौँमा राष्ट्रिय सम्मेलन हुँदैछ ।
बेनीमा केसी
सेरबहादुर केसीको अध्यक्षतामा गठन भएको बेनी नगर कमिटीको उपाध्यक्षमा अणबहादुर खड्का (भगवान), खिमबहादुर पुन, अम्बिका ढुङ्गाना, सचिबमा ज्ञानेन्द्र सुबेदी, कोषाध्यक्षमा पदम किसान र सहसचिबमा किसान बिक रहनुभएको छ ।
गण्डकी प्रदेश अधिबेशन प्रतिनिधीमा पदम पुन, सेरबहादुर केसी, ज्योती लामिछाने, कृष्ण कार्की, लक्ष्मण शर्मा, नगेन्द्र केसी, बिरसिंह केसी र गणेश सुबेदी लगायत चयन हुनुभएको छ । अधिबेशनको उद्घाटन गर्दै माओवादीका जिल्ला इञ्चार्ज गोबिन्द पौडेलले राजनीतिक परिवर्तनका एजेण्डालाई संस्थागत गर्दै सामाजिक मुद्दालाई जोड दिनुपर्ने बताउनुभयो ।
गणतन्त्र, संघीयता, समावेशी ब्यवस्थालाई बलीयो बनाउन भ्रष्ट्राचार, बिभेद, बेतिथि, ढिलासुस्तिका बिरुद्ध आवाज उठाउन र भण्डाफोर गर्नुपर्ने बताउनुभयो । अधिबेशन शुरु हुनुअघि बेनी बजारमा दश वटै वडाबाट आएका प्रतिनिधीहरुले ¥याली गरेका थिए ।
मंगलामा यामबहादुर रोका
नेकपा माओवादी केन्द्र मंगला गाउँपालिका कमिटी, म्याग्दीको अध्यक्षमा यामबहादुर रोका चयन हुनुभएको छ ।
बाबियाचौरमा शनिबार सम्पन्न प्रथम अधिबेशनबाट बरंजाका रोकाको अध्यक्षतामा ५५ सदस्यीय पालिका कमिटी गठन गरेको हो । बि.स. २०७४ को स्थानीय तह चुनावमा माओवादी केन्द्रबाट वडा नम्बर ३ को अध्यक्षका उमेद्बार बनेका रोका शिक्षण पेशा छाडेर राजनीति र सामाजिक क्षेत्रमा सक्रिय हुनुहुन्छ ।
उपाध्यक्षमा कुलप्रसाद पुन, मोहनलाल सापकोटा, सुकमाया रोका, सचिबमा तिर्थलाल बिक, सहसचिबमा मनमाया चोचाङ्गे र कोषाध्यक्षमा मोतिलाल पौडेल चयन हुनुभएको छ । चन्द्रप्रसाद बुढा, पुनम खड्का र याम रोका प्रदेश प्रतिनिधीमा छनौट हुनुभएको छ ।
अधिबेशनलाई सम्बोधन गर्नुहुदै माओवादी केन्द्रका गण्डकी प्रदेश कमिटी सदस्य टेकबहादुर बिक एमालेका नेताहरुले नेतृत्व गरेको मंगला गाउँपालिका कमिसन र भ्रष्ट्राचारमा चुर्लुम्म डुबेको आरोप लगाउनुभयो ।
“चार बर्षसम्म बिकासका नाममा पकेटका कार्यकर्तालाई बजेट बाडेर कमिसनमा रमाएका मंगलाको नेतृत्व गरेकाहरु अहिले पदावधी सकिन थालेपछि बिउ, पाइप, जाली र कार्यक्रमका बाहनामा जनतालाई भ्रममा पार्दैछन्,” उहाँले भन्नुभयो “मंगलाको बेतिथिको भण्डाफोर गर्दै आउने चुनावमा यीनिहरुलाई पराजित गराउन माओवादीले बिचार र नीति लिएर जनताको घरदैलोमा जान्छौ ।”
माओवादी केन्द्र मंगला गाउँपालिकाका सहइञ्चार्ज चन्द्रप्रसाद बुढाथोकीले माओवादी जनयुद्ध र आन्दोलनका कारण आएको गणतन्त्र, संबिधान जोगाउन र संघियताको मर्म अनुसार स्थानीय तह, प्रदेश र संघीय सरकार चलाउन माओवादीकै नेतृत्व चाहिने अहिले पालिकाका नेतृत्व गरेकाहरुको असफल ब्यवहारले पुष्टि गरेको बताउनुभयो ।
युवा नेता पुनम खड्काले माओवादी नेतृत्वमा नेपालमा लोडसेडिङ अन्त भएको, बेनी–दरबाङ सडक आयोजना कालोपत्रे हुन लागेको, २० युनिट सम्म बिद्युत महशुल छुट भएको, जनयुद्धका घाइते र अपाङ्गको निशूल्क उपचारको ब्यवस्था मिलाइएको बताउनुभयो । यामबहादुर रोकाको अध्यक्षता, कुलप्रसाद पुनको सञ्चालन र मोहनलाल सापकोटाको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
मालिकामा दोरण
नेकपा माओवादी केन्द नेता दोरण शेरचन चयन हुनुभएको छ ।
पालिकाको केन्द्र दरबाङमा शनिबार सम्पन्न प्रथम अधिबेशनले गाउँ कार्यपालिकाका सदस्य समेत रहेका पुर्व फुटबल खेलाडी शेरचनको अध्यक्षतामा ५५ सदस्यीय कमिटी निर्बाचित गरेको हो । कमिटीको उपाध्यक्षमा दुर्गा फगामी, गौरी सेञ्चुरी, बुद्धीबहादुर जुग्जाली, सचिबमा धनकुमार पाईजा, सहसचिबमा शिब दर्जी र कोषाध्यक्षमा खड्ग छन्त्याल चयन हुनुभएको छ ।
प्रदेश प्रतिनिधीमा रेशम जुग्जाली, कुशल पौडेल, दोरण शेरचन, गौरी सेञ्चुरी, गोबिन सिउथानी र होमबहादुर रोका चयन हुनुभएको छ । सर्बसम्मत कमिटी चयन भएको गाउँपालिका इञ्चार्ज कुशल पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार काँग्रेस र एमालेबाट २० जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
यसैगरी तुलनारायण पुनको अध्यक्षतामा ५५ सदस्यीय वाइसीएलको गाउँपालिका कमिटी चयन भएको छ । अधिबेशन शुरु हुनु अघि दरबाङको खेलमैदानदेखि बाजागाजा र नाराबाजी सहित शुरु भएको ¥यालीले दरबाङ बजार परिक्रमा गरेर छ्यारछ्यारेको सभाहलमा पुगेर सभामा परिणत भएको थियो ।
सभाहलमा सहभागी नअटाएपछि बाहिर खुल्ला ठाउँमा कार्यक्रम गरिएको थियो । ७ वटै वडाबाट आएका प्रतिनिधीहरुले ¥याली गरेका थिए । अधिबेशनलाई सम्बोधन गर्दै माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जालीले वडा र पालिका सम्मेलनले माओवादीको जागरण ल्याएको बताउनुभयो ।
गणतन्त्र, समावेशी, संघीय ब्यवस्था माओवादी आन्दोलनको उपलब्धी भएको जनताले बुझ्न थालेको र त्यसको प्रभावकारी कार्यान्वयनमा माओवादीकै नेतृत्वको आवश्यकता महशुस भएको बताउनुभयो ।
माओवादी केन्द्रबाट निर्बाचित ओखरबोटका वडा अध्यक्ष दिलिप शेरचनले माओवादीले ल्याएको संबिधान, गणतन्त्रको रक्षाका लागि माओवादीकै नेतृत्व आवश्यक पर्ने अहिलेको अवस्थाले देखिएको बताउनुभयो ।
बिकास निर्माणका साथै, शुषासन र सामाजिक बिभेदका बिरुद्ध केन्द्रित बन्नुपर्ने बताउनुभयो । दोरण शेरचनको अध्यक्षता, कुशल पौडेलको सञ्चालन र गौरी सेञ्चुरीको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
धवलागिरीमा यामन
नेकपा माओबादी केन्द्र धवलागिरीको अध्यक्षमा यामन रोका चयन हुनुभएको छ । मुनामा भएको अधिबेशनले रोकाको अध्यक्षतामा ५५ सदस्यीय पालिका कमिटी सर्बसम्मत चयन गरेको हो । कमिटीको उपाध्यक्षमा झकबहादुर छन्त्याल, रिमप्रसाद थापा र होममाया बिक रहनुभएको छ ।
सचिबमा रेशम पुन, सहसचिबमा चक्र पुन र कोषाध्यक्षमा रामबहादुर खत्री चयन हुनुभएको छ । यामन रोकाको अध्यक्षता, रेशम पुनको सञ्चालन र झकबहादुर छन्त्यालको स्वागतमा अधिबेशनको उद्घाटन समारोह सम्पन्न भएको थियो ।
प्रमुख अतिथि माओवादी केन्द्रका धवलागिरी खुमनाथ सुबेदीले देशनै माओवादीको एजेण्डामा चलिरहेकाले अहिलेको अवस्था आउनुमा माओवादी जनयुद्ध र आन्दोलनको उपलब्धी भएको सम्झीएर उत्साहीत हुदै संगठनलाई सुदृद्धीकरण गर्दै सत्तामा बसेकाहरुको भण्डाफोर र आफ्नो नीति, बिचार बुझाएर आउने चुनावमा जितको तयारी गर्नुपर्ने बताउनुभयो ।
रघुगंगामा हरि
नेकपा (माओवादी केन्द्र) रघुगंगा गाउँपालिका कमिटीको अध्यक्षमा हरि भण्डारी सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिवार गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न प्रथम गाउँपालिका समितिको अधिवेशनबाट भण्डारीको अध्यक्षतामा सर्वसम्मत कमिटी निर्वाचित भएका हुन् ।
कमिटीको उपाध्यक्षमा टेककुमारी खत्री, इन्द्रबहादुर मगर, सुनिल सुनार, सचिबमा भविन्द्र शेरपुञ्जा,सह–सचिबमा कर्ण राना निर्वाचित हुनुभएको निर्वाचन अधिकृत श्रीकृष्ण रिजालले जानकारी दिनुभयो । निर्वाचन अधिकृत रिजाल, ज्येष्ठ कम्युनिष्ट नेता शालिकराम रिजाल, नेकपा माओवादीका रघुगंगा इन्चार्ज रिम कटुवाल लगायतले नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई अविर, माला लगाएर प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
नवनिर्वाचित अध्यक्ष भण्डारीले रघुगंगामा माओवादीको संगठनलाई बलियो बनाउने र आगामी स्थानीय निर्वाचनमा पार्टीको पक्षमा नतिजा ल्याउनेतर्फ पहिलो प्राथमिकतामा राखेर संगठन निर्माणमा जुट्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
अधिवेशनको उद्घाटन गर्दै नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य विनोद केसीले माओवादीको एजेण्डाका कारण देश संघीय संरचनामा जान सम्भव भएको बताउँदै माओवादीकै नेतृत्व स्थापित नभएसम्म संघियता, धर्मनिरपेक्षता, समावेसि प्रतिनिधित्व लगायतका एजेण्डा संस्थागत नहुने बताउनुभयो । गण्डकी प्रदेश सभा सदस्य समेत रहनुभएका केसीले आगामी निर्वाचनमा पार्टीको शसस्त उपस्थितिका निम्ती संगठनलाई बलियो बनाउनतर्फ लाग्न आग्रह गर्नुभयो ।
कार्यक्रममा रघुगंगा इन्चार्ज रिम कटुवालले रघुगंगा क्षेत्रमा विकास निर्माणका लागि पार्टीले प्रदेश र संघीय सरकार मार्फत समेत उल्लेख्य प्रयन्तहरु गरेको बताउँदै जनताका वास्तविक समस्याहरुको माओवादीले उचित सम्बोधन गर्ने बताउनभयो । कार्यक्रममा युवा नेता घनश्याम परियार, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष रेशम कटुवाल लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा पार्टीको रघुगंगा गाउँपालिकाको– १ का अध्यक्ष खिमबहादुर पुर्जा, २ का अध्यक्ष बिरबहादुर कटुवाल (बालकृष्ण), ३ का अध्यक्ष रमेश शर्मा (नारायण), ४ का अध्यक्ष बिबहादुर पुन, ५ का अध्यक्ष भिमबहादुर बिक र ६ का अध्यक्ष सन्तोष बिक र ८ का अध्यक्ष चित्र घर्तिले वडामा पार्टीको अवस्थाबारे जानकारी गराउँदै शुभकामना मन्तव्य राख्नुभएको थियो । अध्यक्ष भण्डारीको अध्यक्षता, गोविन्द रिजालको स्वागत र सचिब शेरपुञ्जाको सञ्चालनमा सम्पन्न कार्यक्रममा राप्रपाका जिल्ला सदस्य भविन्द केसी र एमालेका गाउँकमिटीका भब केसीको नेतृत्वमा एक दर्जन नेता तथा कार्यकर्ताहरु माओवादीमा प्रवेश गरेका थिए । उद्घाटन कार्यक्रम अघि मौवाफाँटमा बाजागाजा सहित ¥याली समेत गरिएको थियो ।