नेकपा एमालेको दशौ महाधिवेशनकोलागि हिमालपारीको जिल्ला मुस्ताङबाट ४ जना प्रतिनिधि छनौट भएका छन् । एमालेको दशौ महाधिवेशनका लागि सर्वसम्मत रुपमा मुस्ताङबाट चार जना महाधिवेशन प्रतिनिधि छनौट भएको एमाले मुस्ताङले जनाएको छ ।
नेकपा एमाले जिल्ला कमिटीले सहमतीमै ४ जना प्रतिनिधिको टुङ्गो लगाएको जनाएको छ। मुस्ताङका प्रतिनिधि सभा सदस्य प्रेमप्रसाद तुलाचन, नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष चन्द्रमोहन गौचन, घरपझोङ गाउँपालिकाकी उपाध्यक्ष शर्मिला गुरुङ र एमाले जिल्ला कमिटी सदस्य एवम् नेपाल उत्पीडित जातीय मुक्ति समाजको केन्द्रीय सचिवालय सदस्य बिनोद बि.सी. एमाले मुस्ताङले जनाएको छ ।
खुल्लातर्फ एमाले मुस्ताङका अध्यक्ष गौचन र संघीय प्रतिनिधि सभा सदस्य तुलाचन, महिलातर्फ सर्मीला गुरुङ र दलित तर्फ बिनोद बिसी छनौट भएका हुन् ।