हिमालपारीको जिल्ला मुस्ताङको पाँच वटै स्थानीय तहमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सबादी लेनिनबादीले सर्वसम्मत रुपमा निर्वाचन सकेको छ ।
जिल्लाको तल्लो भेक अर्थात् म्याग्दी सँग सिमाना जोडिएको थासाङ गाउँपालिकामा नबिन भट्टचन अध्यक्ष, सुनिता शेर्पा उपाध्यक्ष, महेन्द्र गौचन सचिब, सिस्ने बिक र सुनिल परियार उपसचिब तथा नरसिंह शेरचन आर्थिक बिभाग प्रमुख रहेको ७१ सदस्यीय थासाङ गाउँपालिका कमिटि गठन भएको छ । मुस्ताङको तल्लो क्षेत्र अर्थात थाकखोलाको नामले पनि परिचित उक्त क्षेत्रमा नेकपा एमालेले आफ्नो संगठनलाइ निकै मजबुत तबरले अगाडी बढाउँदै अगाडी बढ्ने नव निर्वाचित अध्यष नबिन भट्टचनको भनाई छ ।
सदरमुकाम रहेको घरपझोङ गाउँपालिकाको अधिबेशनले प्रदिप थकालीको अध्यक्षतामा ५६ सदस्यीय घरपझोङ गाउँपालिका कमिटि गठन गरेको छ । गाउँपालिका कमिटिको उपाध्यक्षमा मनी बिक, सचिवमा फिरोज लालचन, तथा उपसचिवमा अमर थकाली र समबहादुर नेपाली एवम् बिश्व लालचन आर्थिक बिभाग प्रमुख चयन भएका छन् ।
उपल्लो मुस्ताङको चीन सँग सिमाना जोडिएको लोमन्थाङ गाउँपालिका कमिटिको अध्यक्षमा डिण्डु गुरुङ चयन भएका छन् । २९ सदस्यीय लोमान्थाङ गाउँपालिका कमिटिको उपाध्यक्षयमा कुङ्गा धोर्जे गुरुङ, सचिबमा राजु गुरुङ, उपसचिबमा कर्म नाम्ग्याल गुरुङ, कर्म सम्टुक गुरुङ एवम् आर्थिक बिभाग प्रमुखमा ल्हाक्पा ओङ्दी गुरुङ चयन भएका छन् । लोमन्थाङ गाउँपालिकामा आगामी स्थानीय तह एवम् प्रदेश तथा प्रतिधिसभा निर्वाचनमा पनि एमालेलाई पहिलो पार्टी बनाएरै छाड्ने उद्देश्य रहेको नव निर्वाचित अध्यक्ष गुरुङको भनाई छ ।
बारागुङ–मुक्तिक्षेत्र गाउँपालिकामा रिनजिनङ नामगेल गुरुङ र लोघेकर–दामोदरकुण्ड गाउँपालिकाको अध्यक्षमा मकर बिष्ट चयन भएको नेकपा एमाले मुस्ताङका अध्यक्ष चन्द्रमोहन गौचनले जानकारी दिएका छन् ।
नेकपा एमालेकी केन्द्रिय सदस्य श्रीमाया थकाली, प्रदेश कमिटि सदस्य तथा प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचन, मुस्ताङ जिल्ला अध्यक्ष एवम् प्रदेश सांसद चन्द्रमोहन गौचन, प्रदेशसभा सदस्य महेन्द्र थकाली, इन्द्रधारा बिष्ट, नेकपा एमाले मुस्ताङका सचिब आशबहादुर थकाली, अखिल नेपाल महिला संघ मुस्ताङकी अध्यक्ष शर्मिला गुरुङ, नेकपा एमाले मुस्ताङका जिल्ला कमिटि सदस्य तिलक बिक, कार्यालय सचिब जिबन गोतामे लगायतको उपस्थितिमा गाउँपालिका अधिवेशन भएको थियो ।
जिल्लाका ५ वटा गाउँपालिकाका २५ वटै वडाहरुमा पनि एमालेले सर्बसम्मत रुपमै वडा कमिटि गठन गरेको नेकपा एमाले मुस्ताङका कार्यालय सचिव जिवन गोतामेले बताए ।