स्मार्टफोन प्रयोगकर्ताबीच अनलाइन फोटो ब्याकअपका लागि गुगल फोटोज सबैभन्दा लोकप्रिय प्लाटफर्म हो । Google Photos एपले निःशुल्क रुपमा अनलाइनमा तस्वीरहरुको ब्याकअपको सुविधा प्रदान गर्दछ ।
गुगल फोटोजलाई एपमा मात्र होइन वेब संस्करणमा पनि चलाउन सकिन्छ । तर यदि तपाईंले भुलबस गुगल फोटोजमा रहेका तस्वीरहरु डिलिट गर्नुभयो भने के गर्ने ? यसका लागि आत्तिनु जरुरी छैन । त्यसरी डिलिट भएका तस्वीरहरु पुनः हासिल गर्न सकिन्छ ।
एन्ड्रोइड फोनमा तस्वीर कसरी रिस्टोर गर्ने ?
- सबैभन्दा पहिले फोनमा रहेको Google Photos खोल्नुहोस्
- त्यसपछि वायाँ माथिल्लो भागको कुनामा रहेको ह्याम्बर्गर आइकनमा ट्याप गर्नुहोस् । अनि Trash अप्सन छान्नुहोस् ।
- त्यसपछि तपाईंले जुन फोटोलाई पुनः स्थापित गर्न वा रिस्टोर गर्न चाहनुभएको हो त्यसमा ट्याप गर्नुपर्दछ । त्यसरी तपाईंले डिलिट भएको तस्वीर पुनः प्राप्त गर्न सक्नुहुन्छ ।
आइओएस डिभाइसमा कसरी गुगल फोटोज रिस्टोर गर्ने ?
- Google Photos खोल्नुहोस्
- बायाँ माथिल्लो भागको कुनामा रहेको ह्याम्बर्गर आइकनमा ट्याप गर्नुहोस्
- त्यसपछि Bin अप्सन छान्नुहोस्
- माथिल्लो भागमा बायाँपट्टि रहेको तीनवटा तेर्सो थोप्लाको आइकनमा ट्याप गर्नुहोस्
- त्यसपछि Select अप्सनमा ट्याप गर्नुहोस् अनि रिस्टोर गर्न चाहेका तस्वीर छान्नुहोस् । त्यसरी तस्वीरमा ट्याप गरिसकेपछि पहिले डिलिट गरिएका ती तस्वीरहरु रिस्टोर हुनेछन् ।
वेब भर्सनमा कसरी गुगल फोटोज रिस्टोर गर्ने ?
- कम्प्युटर वा ल्यापटपमा ब्राउजरमा गई https://photos.google.com/ मा गएर आफ्नो गुगल अकाउन्ट लगइन गर्नुहोस्
- त्यसपछि होमपेजमा गएर बायाँ माथिल्लोपट्टि रहेको ह्याम्बर्गर आइकनमा क्लिक गर्नुहोस्
- त्यसपछि Trash अप्सन छान्नुहोस् । आफूले रिकभर गर्न चाहेको फोटो छनोट गर्नुहोस्
- त्यो पूरा भएसँगै माथिल्लो दायाँपट्टि रहेको Restore बटनमा क्लिक गर्नुहोस् ।
त्यसरी तपाईंले पहिले डिलिट भएका तस्वीर रिस्टोर गर्न सक्नुहुन्छ ।
–एजेन्सीको सहयोगमा https://www.onlinekhabar.com/2021/10/1026493