काठमाडौं, १ मंसिर – सूर्य नेपाल प्रालि यसवर्ष सबै भन्दा बढी कर तिर्ने कम्पनीको रुपमा दर्ज भएको छ । आन्तरिक राजश्व विभागले पाचौं राष्ट्रिय कर दिवसको अवसरमा बुधबार आयोजित विशेष कार्यक्रममा सूर्य नेपाल प्रालिलाई सबै भन्दा बढी कर तिर्ने कम्पनी घोषणा गरेको हो ।
सूर्य नेपालले यस वर्ष आयकर, मुल्य अभिवृद्धि कर, र अन्तशुल्क कर गरी ११ अरब २५ करोड ८९ लाख रुपैया कर बुझाएको छ । यो रकम मुलुकभरबाट कर तिर्ने कम्पनीहरु मध्येबाट सबै भन्दा बढी रकम हो । सुर्य नेपाललाई कार्यक्रममा सबै भन्दा बढी कर तिर्ने कम्पनीको तर्फबाट सम्मानित समेत गरियो । त्यसैगरी निर्यातकर्ता कम्पनीहरुबाट सबैभन्दा बढी आयकर तिर्ने करदाता डाबर नेपाल प्रालि रहेको छ ।
विशेष उद्योगमध्ये सबैभन्दा बढी आयकर तिर्ने युनिलिभर नेपाल लि, कृषि एबम् पशुपन्छीजन्य उद्योगमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाता ओम चाओविरो फिड इण्डष्ट्रिज,सहकारी संस्थामध्ये सबैभन्दा बढी आयकर तिर्ने राष्ट्रिय सहकारी बैंक लिमिटेड, लघुवित्त सेवामध्ये सबैभन्दा बढी आयकर तिर्ने छिमेक लघु वित्त विकास बैंक, बैंक बित्तीय संस्थामध्ये सबैभन्दा बढी आयकर तिर्ने नविल बैंक लिमिटेड पनि सम्मानित भएका छन् ।
बीमा व्यबसायमध्ये सबैभन्दा बढी आयकर तिर्ने लाइफ ईन्स्योरेन्स कर्पोरेशन,विप्रेषण व्यबसायमध्ये सबैभन्दा बढी आयकर तिर्ने आईएमई लिमिटेड, पर्यटन क्षेत्रसंग सम्बन्धित व्यबसायीहरु मध्ये सबैभन्दा बढी आयकर तिर्ने तारागाउं रिजेन्सी होटल्स लि, व्यापार व्यबसायमध्ये सबैभन्दा बढी आयकर तिर्ने सिप्रदि ट्रेडिङ्ग प्रालि पनि सम्मानित भएका छन् ।
त्यसैगरी बार्षिक ५ करोड वा सो बराबर कारोवार गर्ने साना करदाता मध्येबाट सांग्रिला इनर्जी लिमिटेड, मझौला करदाताबाट सिवेक हस्पिटल प्रा।लि। र व्यक्तिगत आयकर तिर्नेहरु मध्येवाट सिद्धार्थ शम्सेर जबरा सम्मानित भएका छन् ।
विभागले हालसम्म समयमै कर विवरण र कर बुझाएका करदातामध्ये सबैभन्दा बढी मुल्य अभिवृद्धि कर तिर्ने नेपाल दररसंचार कम्पनी लिलाई पनि सम्मान गरेको छ । विभागले विभिन्न १५ विधामा ठुला करदाता र समयमै कर बुझाएकालाई सम्मान गरेको हो ।
सूर्य नेपाल तिर्यो सबैभन्दा बढी कर (११ अर्ब २५ करोड)
Previous Articleनेपालमा युरो ४ मापदण्डको इन्धन अागामी वैशाखदेखि
Next Article स्थानीय तह पुनःसंरचना ६१ जिल्लाको प्रतिवेदन प्राप्त