पर्वतको जलजला गाउँपालिका-२ मा युवाहरुको भेलाले ५१ सदस्यीय युवा संघ वडा कमिटी एवम् ५१ सदस्यीय युथ फोर्स गठन गरेको छ ।
युवा भेला कार्यक्रममा युवा संघ केन्द्रीय सचिव तथा स्थायी कमिटी सदस्य विमल लामिछानेले युवाले आफ्नो जिम्मेवारी मात्र नभएर कर्तव्य पनि बोध गरेर काम गरेकाे बताए । उनले भने युवा संघ जलजलाले क्वीक रेस्कु फोर्स गठन गरेर आफ्नो जिवनलाइ धरापमा राखेर अरुको जीवन बचाउनकालागि प्रयास गरेको बताए ।
युवाहरुकाे भेलालाइ सम्बोधन गर्दै युवा संघ नेपाल पर्वतका अध्यक्ष थमनारायण पौडेलले अहिले सरकारले गरेको मनपरी र कानुनको खिल्ली उडाउने कार्यको बिरोध गर्दै जनताको पक्षमा काम गर्ने जिम्मेवारी युवा संघको काँधमा आएको हुँदा त्यो जिम्मेवारी पुरा गर्नै पर्ने बताए । अध्यक्ष पौडेलले भने- केपी ओली सरकारले राम्रो काम गरेरको देख्न नसकेर पार्टी भित्रैका केही गलत बिचार भएकाहरु प्रधानसत्रु सँग मिलेर आफ्नै सरकार ढालेको र अहिले उनीहरुको ध्यान सत्तामा पुग्नु सिवाए केही देखिएन । पार्टी अध्यक्ष केपी ओलीले देश र जनताको पक्षमा हुने काम गर्दा सरकार, संसद र राष्ट्रपतिय पद्दतीलाइ नै धरापमा पार्न अन्य दलहरु लागेको अध्यक्ष पौडेलले आरोप लगाए ।
कार्यक्रममा नेकपा एमाले जलजला गाउँकमिटी अध्यक्ष लालबहादुर अधिकारी, युवा संघ जलजला गाउँकमिटिका अध्यक्ष दिलीप बरुवाल, जिल्ला कमिटी सदस्य राम बहादुर विश्वकर्मा, युवा संघ गाउँकमिटी जलजलाका भीमसेन बराइलीलगायतले मन्तव्य राखेका थिए ।
युवा भेलाले सर्वसम्मतरुपमा युवा संघ र युथ फोर्स वडा कमिटी चयन गरेको थियो । अर्जुन अधिकारीको अध्यक्षतामा गठन भएको युवा संघको उपाध्यक्षमा रामु नेपाली, सचिव रमेश पाईजा, सह-सचिव रमेश पाईजा रहेका छन् । त्यस्तै विष्णु गैरेको अध्यक्षतामा गठन भएको युथ फोर्सको उपाध्यक्षमा बिशाल परियार सचिवमा चक्र अधिकारी रहेका छन् ।