नेपाली कांगेसको शनिबारदेखि सुरु भएको नगर तथा गाउँपालिका अधिवेशनअन्तर्गत म्याग्दीको विभिन्न पालिकामा नेतृत्व चयनका लागि कतै निर्वाचन भएको छ भने कतै सर्वसम्मत टुङ्गिएको छ । ६ वटा स्थानीय तह रहेको म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिको सभापतिमा निर्वाचन भएको हो ।
अन्नपूर्णको सभापतिमा क्याप्टेन बलबहादुर तिलिजा ५८ मतसहित विजयी भएका छन् । सभापतिका प्रत्यासी अन्नपूर्ण–६, घारका वडा अध्यक्ष समेत रहेका कृष्णप्रसाद बरुवालले ५७ मत पाएको नेपाली कांग्रेस म्याग्दीले जनाएको छ । उपसभापतिमा राजेश तिलिजा, अर्जुन गुरुङ, सचिवमा टुकबहादुर फगामी, ललिता तिलिजा, सहसचिवमा गोपाल पूर्जा र धनबहादुर पाईजा सर्वसम्मत चयन भएका छन् ।
यसैगरी नेपाली कांग्रेस धवलागिरी गाउँपालिकाको सभापतिमा प्रेम पुन, उपसभापतिमा हरि छन्त्याल र प्रेम विक, सचिवमा नगेन्द्र मल्ल र देबेन्द्र रोका, कोषाध्यक्षमा बुद्धिमान शेरपुञ्जा, सहसचिवमा कमल खत्री र रोशन थापा निर्वाचित भएका छन् ।
त्यस्तै कांग्रेस मालिका गाउँपालिकाको सभापतिमा खिमबहादुर पुन पनि सर्वसम्मत चयन भएका छन् । पुनको सभापतित्वमा निर्वाचित पालिकास्तरीय कार्यसमितिको उपसभापतिमा विरेन्द्र पुन र मिम पुन, सचिवमा तारा रोका र वीरेन्द्र किसान, सह–सचिवमा श्यामबहादुर बुढाथोकी र सह–सचिवमा अमृत सापकोटा निर्वाचित भएका छन् ।
त्यसैगरी नेपाली कांग्रेस मंगला गाउँपालिकाको सभापतिमा नरसिंह खत्री, उपसभापतिमा भागीरथ उपाध्याय र बिलबहादुर पुन, सचिवमा चित्रराज आचार्य र वीरेन्द बुढाथोकी, सह–सचिवमा नेत्रराज सुवेदी र विमल सुनार चयन भएका छन् । त्यस्तैगरी नेपाली कांग्रेस रघुगंगा गाउँपालिकाको सभापतिमा मनकुमार शेरपुञ्जा सर्वसम्मत निर्वाचित भएको छन् ।
यता बेनी नगरपालिकामा भने नेतृत्व चयनका लागि सहमतिको प्रयास भैरहेको कांग्रेस म्याग्दीका प्रवक्ता अजयमिलन श्रेष्ठले जानकारी दिए । बेनी नगरपालिकामा रबिन्द्र कार्की र बिक्रम बोगटी सभापतिका उम्मेदवार रहेका छन् ।