केहि समय अघि नेपाल कपिलबस्तु घरभै अध्यनको सिलसिलामा साइप्रसमा आएका २४ बर्शिय तुलसी भुसालको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको थियो उक्त
दुर्घटनामा परेका भुसाललाई फामागुस्ता अस्पतालका चिकित्सकले उहाँलाई मृतक घोषणा गरेको उक्त साइप्रस प्रहरीले रिपोर्टमा जनाएको छ। उक्त भुषालको शवलाइ लार्नाको गृहमा पुर्याएको छ।उक्त शव व्यवस्थापनको लागि एनआरएनए साईप्रस लगाएत अन्य संघ संस्थाले पहल थालेको छ,
उहाँ सँगै पछाडी बस्नु हुने मिरा घिसिङ्को अबस्था गम्भिर रहेको र उहाँको उपचारको लागि अस्पताल भर्ना गरिएको छ । मृतक भुसालको शव नेपाल पठाउनुको लागि अबैतनिक बाणिज्य राजदुतावास निकोसियाका प्रमुख र
एन.आर.एन.एसाइप्रसका संरक्षक डा. रामजिवन पन्जियार र एन.आर.एन.ए साइप्रसका अध्यक्ष कुन्दन कार्की सँग परिवारका सदस्य सम्पर्क गर्दा उहाँ घर परिवारमा नाजुक अवस्था भएको जानकारी आएको हुदाँ परिवारबाट लिखित रुपमा शव नेपाल पठाई दिन निवेदन समेत प्राप्त भएकोले उक्त शव व्यवस्थापनको लागि एनआरएनए साईप्रस सँगै साईप्रसमा रहेका राजनीतिक , क्षेत्रिय ,जातिय,संघ संस्थाको सहकार्यमा शव व्यवस्थापनको लागि क्रियाशिल रहेका छन्
अहिले एनआरएनए साईप्रस सँग सहकार्यको लागि प्रवासी नेपाली मञ्च साईप्रस, नेपाली जनसम्पर्क समिति साईप्रस,गुल्मी सेवा समाज साईप्रस, म्याग्दी प्रवासी नेपाली संघ(मोना) साईप्रस,
जनमुक्ति मञ्च साइप्रस,तामाङ घेदुङ साइप्रस,तामाङ बौद्ध महासंघ साइप्रस,तमु समाज साइप्रस,किरात राई यायोख्या साइप्रस,हेल्मो युनिटी साइप्रस,सुदुर पश्चिमेली नेपाली समाज साइप्रस,
हाम्रो सहयोगी मन प्रवासी परिवार साइप्रस सहकार्य गर्न प्रतिबध्दता जनाएको छन् कुरा अध्यक्ष कार्कीले ईरुप्सेलाई जानकारी दिनु भएको छ
एनआरएनए साईप्रसका अध्यक्ष कार्की उक्त बताउनु भएको छ, कार्कीले भन्नु भो प्रवास भएको दुःखद घटनालाई सम्पुर्ण नेपाली मिलेर अगाडी बद्दै हातेमालो गर्नलाई पनि अपिल गर्नु भएको छ,
यसै अवसरमा साइप्रसमा तल उल्लेखित नाम तोकिएको व्यक्तिहरु सँग सम्पर्क गरि सहयोग गर्न समेत अनुरोध गरिएको जानकारी दिनु भएको छ, यता प्रवासी नेपाली मञ्च साईप्रस , जनसम्पर्क समिति साईप्रस लगाएत अन्य संस्था प्रतिनिधिहरु पनि शोक घडीमा सहयोग गर्न शव व्यवस्थापनको लागि मिलेर अघि सुझाव समेत दिईएको सम्बन्धित संस्थाको प्रतिनिधिहरु जानकारी गराएका छन्
सम्पर्क का लागि :-
१.निकोसिया
रबि चौरासिया
सुरज सहनी
अजित गुप्ता
केशब पोखरेल
सुअन पन्थी
२.लार्नाका
श्यामलाल नेपाली
३ .पारालिमिनी
दातानन्द पान्डे
३.पाफोस
राजन श्रेस्ठ
ईस्वर थापा
रमिता चन्द रितु
४.लिमासोल
श्याम बहादुर तामाङ
करचुंग ओमू ह्योल्मो
उर्मिला भट्टराई
विकास जीएम
५.आयनापा
सीतामाया तामाङ (नानू गोम्जा)