राष्ट्रिय राजनैतिक अवस्थाले अहिले सृजना गरेका पार्टी कार्यालय नामका दुकानहरु छिट्टै बन्द हुने पर्वतका संघीय सांसद एवम् नेपाल कम्युनिष्ट पार्टी एमाले पर्वतका अध्यक्ष पदम गिरीले बताउनुभएको छ ।
राष्ट्रिय युवा संघ जलजला गाउँ कमिटीले मिलनचोकमा आयोजना गरेको युवा भेला तथा सम्मान कार्यक्रममा सांदस गिरीले नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजबादी) प्रति लक्षीत गर्दै उक्त कुरा बताएका हुन् । देशका गरिब निमुखा जनता, युवा, बृद्धाहरुले आफ्नो साथमा एमाले रहेको विश्वास गर्ने समयमा ओली सरकारले गरेको राम्रो काम सहन नसकेर ओलीलाई हटाउन उद्दत रहेको समूहले खोलेको दुकान छिट्टै बन्हुने सांसद गिरीले बताए ।
सांसद गिरीले भने– २०३२ साल देखि नेपालको नक्साबाट हटाइएको कालापानी, लिपुलेक तथा लिम्पियाधुरा सहितको मुलुक हाम्रो हो भनेर कसैले भन्न आँट सम्म नगरेको अवस्थामा ओलीले आफ्नो पहलमा नक्सा जारी गर्ने र संविधान संसोधन गरेरै नेपालको नक्सा संविधान तथा निशान छापमा पनि समावेश गर्ने कार्य कसैले गर्न नसकेको बताए । उनले युवा संघ र अनेरास्ववियुले कालापानी लगायतको भूमि हाम्रो हो भन्दै मार्चपास गरेको भए पनि अरु कुनै पनि दल तथा तिनका निकट युवा विद्यार्थीले कहिल्यै कालापानी तथा लिपुलेकको कुरा उठाउन नसकेको स्मरण गराउँदै देश र जनताको पक्षमा कार्य एमाले बाहेक अर्को पार्टीले गर्न नसक्ने र त्यसको नेतृत्व केपी ओलीले मात्रै लिएको दावी गरेका थिए ।
युवा भेलालाई सम्बोधन गर्दै गिरीले २०३२ साल देखि पछि धेरै सरकार आउँदै गर्दा देशको क्षेत्रफल बढाउने, नक्सा जारी गर्ने कार्य एमाले नेतृत्वले गरेर देशलाई उत्साहीत बनाएको समयमा केपी ओली राजनेता बन्ने डरले माधव नेपाललाई सताएको कारण र उनलाइ अध्यक्ष हुने कुण्ठाले गर्दा नयाँ पार्टी खोलेरै भए पनि अध्यक्ष बन्न नेपाल लागेको आरोप लगाए । भूपरिवेष्ठीत राष्ट्र नेपालले चीन संग पारवाहन सन्धी गरेर भूजडित राष्ट्र बनाउने कार्य ओली सरकारले गरेको गिरीको भनाई छ । सडक करिडोर, पूर्व पश्चिम राजमार्ग लगायतका बिकासका कामले छलाङ मार्न लागेको कारण अत्तालिएका शक्तिहरु अहिले एक स्थानमा आएको भए पनि उनीहरु क्षणीक रहको उनको भनाई छ ।
कांग्रेस नेतृत्वको सरकारमा सहभागी भएर पनि एमाले संग कार्यगत एकता गरेर चुनाबमा गएको माओवादीको शैलिले पुनः कांग्रेसलाई खाल्डोमा हाल्ने मार्गमा हिडेको तर्फ ध्यान कांग्रेसको नपुगेको अध्यक्ष गिरीले बताए । गिरीले भने– देश बनाउनका लागि यदि सरकार बनाएको भए ओलीको सरकार हटाएर नयाँ सरकार बनेको डेढ महिना पुगि सक्दा पनि सरकारले पूर्णता नपाउनु देश नभएर व्यक्ति बन्नका लागि मात्र थियो यो कदम । भारतीयले तुइन काटेर जयसिंह धामीलाई कर्णालीमा बगाउँदा पनि आफ्नो नागरिकको बारे केही बोल्न नसक्नु वर्तमान सरकारको लाचारी भएको गिरीको आरोप थियो ।
कार्यक्रममा युवा संघ नेपालका उपाध्यक्ष सन्तोष रावलले युवा संघ विषम परिश्थितिमा जन्मीएको र देश र जनताको दुःख पिडामा साथ दिनका लागि नै जन्मीएको बताए । रावलले भने आफुलाई मृत्युको मुखमा राखेर पनि अरुलाई बचाउनका लागि युवा संघ लाग्ने र जलजला गाउँ कमिटीले पनि त्यसै अनुरुप काम गरि रहेको बताए ।
राष्ट्रिय युवा संघ जलजला गाउँ कमिटीका अध्यक्ष दिलीपकुमार बरुवालको अध्यक्षता तथा स्वागतमा भएको कार्यक्रममा नेकपा एमाले पर्वतका सचिवालय सदस्य लालबहादुर अधिकारी, राष्ट्रिय युवा संघ जिल्ला कमिटी पर्वतका अध्यक्ष एवम् केन्द्रीय सचिवालय सदस्य थमनारायण पौडेल, राष्ट्रिय युवा संघका केन्द्रीय सचिवालय सदस्य अर्जुन पौडेल, विमल लामिछानेले मन्तव्य राखेका थिए । कार्यक्रम युवा संघ जलजला गाउँ कमिटीका सचिव पुर्खा पुर्जाको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा आर्थिक विभाग प्रमुख महेन्द्र रेग्मीले क्वीक रेस्क्यु फोर्सले कोभिड–१९ को दोश्रो लहरकोमा राहत वितरण तथा उद्धारका समयमा भएको आय व्यय विवरण पेश गरेका थिए ।