चन्द्रवहादुर केसी
हिमालले भन्दै दिन्छ जनाउ
तराईसंगको मेरो नाता नटुटाउ
किनकि त्यो हो मेरो बेग बिसाउने ठाउँ
बरु अलि बलिया तटबन्ध बनाउ
अनि सुरक्षित हुन्छन् किनाराका ठाउँ ।
तराईले भन्दै दिन्छ जनाउ
हिमालसंगको मेरो नाता नटुटाउ
किनकि त्यो हो मेरो सिन्चनको मूल ठाउँ
बरु अलि बलिया नहर बनाउ
अनि म बन्छु बढी उर्बर ठाउँ ।
पहाडले भन्दै दिन्छ जनाउ
यी दुबैसंगको मेरो नाता नटुटाउ
किनकि म हुँ दुबैको सेतु ठाउँ
बरु जति सक्दो मेरो पर्यावरण जोगाउ
अनि हुन्छ हामी तीन कै अस्तित्व बचाउ ।
(देश नं ४ र ५ का तराईका भागलाई छुट्टै गर्ने गरि पुनः सिमाङ्कन गर्ने खेलोफड्को हुँदै गर्दा त्यसो नगरियोस् भन्ने भावको एकता गीत ।)