जिल्ला अदालत कास्कीले पर्वतको जलजला गाउँपालिका अध्यक्ष यामवहादुर मल्ललाई ठगी मुद्दामा पक्राउ गरी जेल चलान गर्न पक्राउ पुर्जी जारी गरेको नेपाल प्रेस डटकमले समाचार लेखेको छ ।
लेनदेन मुद्दामा जिल्ला अदालतले गत चैत २७ गते नै मल्लाई ६ महिना कैद सजाय सुनाएको उक्त समाचारमा उल्लेख छ । हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी सँग सिमाना जोडीएको पर्वत जिल्लाको जलजला गाउँपालिकाका अध्यक्ष मल्ललाई चार महिना बितिसक्दा पनि पक्राउ नगरेपछि अदालतले जिल्ला प्रहरी कार्यालय पर्वतलाई फैसला कार्यान्वयनका लागि पत्र लेखी पक्राउ गरि अदालतमा पेश गर्न आदेश दिएको हो ।
ध्रुववहादुर थापा र गाउँपालिका अध्यक्ष मल्लबीचको लेनदेन विवाद अदालत पुगेको थियो । अदालतको ताकेतापछि जिल्ला प्रहरी कार्यालय पर्वतले गाउँपालिका अध्यक्ष मल्ललाई पक्राउ गर्न खोजी थालेको प्रहरी श्रोतले जनाएको नेपाल प्रेस डटकमले सामाचारमा उल्लेख गरेको छ ।