म्याग्दीका लोक कलाकार धुर्ब जिसीले ‘तीजको लखेटो, दाहिने पखेटो’ बोलको तीजगीत ल्याएका छन् । नेपाली महिलाहरुको महान् पर्व हरितालिका तीजलाई लक्षित गरी ल्याइएको तीजगीतको आवश्यक सबै तयारी पुरा गरी बिहीबार बेनीमा विमोचन गरिएको छ ।
मौलिक लोकदोहोरी तीजगीतको छायाङ्कन म्याग्दीको बेनी नगरपालिका ६ चुत्रेनीमा गरिएको थियो । उक्त गीतमा म्याग्दीकै १४ जना महिला कलाकार मोडेल र ३ जना कमेडी पुरुष कलाकारसहित ९ जना मोडेलहरुले नृत्य प्रस्तुत गरेका छन् । गीतमा गायक जिसीसहित पुरुष कलाकारतर्फ रामु रिजाल र शक्ति छिनाल तथा महिला कलाकारमा मिलन विश्वकर्मा र शान्ती परियारले स्वर दिएका छन् ।
गायक धुर्ब जिसी आफैले शब्द÷सङ्गीत भरेको तीज गीतको छायाङ्कन क्रियटिभ मिडिया प्रोडक्शनले गरेको थियो भने निर्देशन भूपेन बानियाँले गरेका थिए । भारतीय सेनाबाट सेवानिवृत्त जिसी गीतसङ्गीत र विभिन्न क्षेत्रमा आबद्ध छन् ।
Previous Articleभूमिसम्बन्धी आयोग खारेज नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
Next Article रुप्से दैनिक ! २६ श्रावण २०७८