राष्ट्रिय युवा संघ नेपाल म्याग्दीले संगठन बिस्तार अभियानलाइ तिब्र बनाएको छ । गत साउन २० गते सम्पन्न जिल्लाको पुर्ण बैठकको निर्णय अनुसार जिल्लाका पालिका तथा पालीका भित्रका वडाहरुमा संगठन बिस्तार तथा सुदृढिकरण गर्ने अभियान अन्तर्गत आइतबार म्याग्दीको मंगला गाउँपालीका २ बाबियाचौरमा राष्ट्रिय युवा संघ नेपाल को १०७ सदस्यीय वडा कमिटि गठन भएको छ ।
गठित कमिटिको अध्यक्षमा नबिन अधिकारी, उपाध्यक्षमा प्रबिण खत्री, कृष्ण बहादुर किसान, सचिबमा बिजन थापा, कोषाध्यक्षमा सुर्य खाती, सहसचिबमा बिष्णु गीरी, दल बहादुर नेपाली र सह कोषाध्यक्षमा तम बहादुर खड्का रहनुभएको छ । त्यसैगरि वडाको इन्चार्जमा बिनोद खत्री, प्रचारप्रसार बिभाग प्रमुख बिबेक बिश्वकर्मा र महिला बिभाग प्रमुख भिममाया रोकालाइ चयन गरिएको राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटि म्याग्दीका सचिब एबँ संगठन बिभाग प्रमुख शिशिर शाहीले बताउनुभयो ।
कार्यक्रममा मंगला गाउँपालीका २ का अध्यक्ष धन बहादुर खाती क्षेत्री, राष्ट्रिय युवा संघ नेपाल म्याग्दीका अध्यक्ष एकजित रोका, सचिब शिशिर शाही लगाएतका युवा नेताहरुको उपस्थिति रहेको थियो ।