हिमालपारीको जिल्ला मुस्ताङले १८ वर्ष माथिका सबै नागरिकले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालय मुस्ताङका निमित्त प्रमुख टिकाराम भण्डारीका अनुसार जिल्ला भित्रका १८ वर्ष पुरा गरेका सबै नागरिकले कोभिड–१९ विरुद्धका खोप लगाएका हुन् । अहिले सम्म नौ हजार ५ सय ८ जना नागरिकले पूरा मात्रा खोप लगाइ सकेका छन् । भण्डारी भन्नुहुन्छ –‘जिल्ला भित्रका लक्षित वर्ग हेर्दा स्थानीय नागरिक सबैलाइ खोप लगाइ सकिएको छ कहिँ कतै न्यून मात्रामा छुटेका हुन सक्लान् नलगाएकाहरु भएमा सम्पर्कमा आए भने हामीले तिनिहरुलाई पनि छिट्टै लगाउँछौं ।’ अब १८ वर्ष माथिका नागरिकहरु खोप लगाउन छुटेका छैनन् । खोप केही मात्रा हामीसँग मौज्दात पनि रहेकोले सबै नागरिकले खोप पाउँछन् – भण्डारीले भन्नुभयो ।
जिल्ला खोप अनुगमन तथा समन्वय समितिको बैठकको निर्णय बमोजिम नै खोप लगाइएको र जिल्ला भित्र कुनै पनि मिसयुज नभएको भण्डारीले बताउनुभयो । भेरोसेल खोप पहिलो डोज लगाएका २४२ दोश्रो डोज लगाउन बाँकी भए पनि लक्ष्यित वर्ग सबै खोपको दायरामा आइसकेका छन् ।
मुस्ताङमा हाल सम्म ५१८ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएकोमा अहिले २० जना सक्रिय संक्रमित रहेका छन् । एक जना छोसेर कोभिड अस्पतालमा उपचाररत रहेका छन् भने अन्य सबै सक्रिय संक्रमितहरु होम आइसोलेसनमा रहेका छन् । मुस्ताङ जिल्लामा कोभिड–१९ को संक्रमणबाट अहिलेसम्म १५ जनाको मृत्यु भएको छ । हाल सम्म मुस्ताङ जिल्ला भित्र पिसिआर बिधिबाट २२३ जनाको परिक्षण गर्दा ११२ जनामा र एन्टीजेन बिधिबाट २ हजार ७ सय १७ जनाको परिक्षण गर्दा ४०६ जनामा कोभिड–१९ पोजिटिभ पाइएका यस अघि मनाङ्गमा १८ वर्ष माथिका सबैलाइ खाेप लगाएर पहिलाे जिल्ला बनेकाे थियाे ।
१८ वर्ष माथिका सबैलाई खोप लगाउने दोस्रो जिल्ला बन्यो मुस्ताङ
Previous Articleभदौ पहिलो साताबाट स्थानीय अधिवेशन
Next Article रुप्से दैनिक ! २० श्रावण २०७८