नेपाली नारीहरुको प्रमुख मध्यको चाड हरितालीका तीजको पूर्व सन्ध्यामा कलाकारहरु तीज गित सार्वजनिक गर्ने गर्दछन् । यसै शिलशिलामा साविक धौलागिरी अञ्चल भित्रको बागलुङ जिल्ला स्थायी बसोबास भै हाल जापानमा कार्यरत रहेकी कलाकार निशा क्षत्रीले पनि तीजगीत बजारमा ल्याएकी छिन् ।
पछिल्लो समय तीजमा आधुनिकताका नाउमा बिकृती बढी रहेको सन्दर्भमा निशाले ठेट नेपाली शब्दहरुकाे संयोजन गरी तयार गरेको मौलीक तिज गित माइती देश सार्वजनिक गरेकी हुन् । निशाले आफ्नै युट्युब च्यानलबाट माइती देश सार्वजनिक गरेकी हुन् ।
जापानमा रहेकी गायिक तथा सर्जक निशा क्षेत्रीको आफ्नै शब्द, संगित रहेको गितमा बिष्णु खत्री र रिना के.सी.को स्वर रहेको छ ।