पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिका-७ ताकमबाट सदरमुकाम बेनी तर्फ आउँदै गरेको ग १ ज ६८०५ नम्बरको जीप दुर्घटना हुँदा जीपमा सवार एक युवाको मृत्यु हुनुका साथै ८ जना घाइते भएका प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर धौलागिरि गाउँपालिका ७ ताकमका २७ वर्षीय विकास सुनारको घटनास्थलमै मृत्यु भएको डिएसपि श्यामकुमार राईले बताउनुभयो । सडकबाट खसेको जीप भिरमा सल्लाको रुखमा अड्कीएको छ । रुखमा अड्किएका जिपबाट खसेर विकको मृत्यु भएको प्रहरीको भनाई छ ।
अन्य ८ जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनाको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरी टोली र स्थानीयवासीहरुले उद्धार गरेर घाइतेहरुलाई दरबाङ प्राथमिक स्वास्थ्यकेन्द्रमा ल्याएका थिए । घाइतेहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।
Previous Articleरुप्से दैनिक ! १४ श्रावण २०७८
Next Article रुप्से दैनिक ! १५ श्रावण २०७८