काठमाडौं, १ मंसिर – पूर्वको जोगवनी नाकामा भारतले एकतर्फी रुपमा एकीकृत भन्सार बिन्दु (आईसीपी) सञ्चालनमा ल्याएको छ । नवनिर्मित अत्याधुनिक सुविधा सम्पन्न भवनसहितको संरचना मंगलबार उद्घाटन गरिएको हो ।
प्रतिछाँयाका रुपमा नेपालमार्फतसमेत निर्माण गरी एकै पटक सञ्चालनमा ल्याइनुपर्ने नेपाल भारत सरकारबीच सहमति भए पनि नेपाली पक्षकै कमजोरीका कारण नेपालतर्फ भने काम नै अघि बढ्न सकेको छैन । भारतमा मात्र आईसीपी सञ्चालनमा आउँदा विराटनगरको बुधनगरमा भवनलगायत भौतिक पूर्वाधार निर्माणको काम नै अघि वढेको छैन।
भारततर्फ निर्मित भन्सार बिन्दुमा कार्गो भवन, यात्रु टर्मिनल भवन, मुद्रा सटही सुविधा, इन्टरनेट, लगायतका सार्वजनिक सुविधाको व्यवस्था गरिएको छ । इलेक्ट्रिक सवस्टेसन, व्रे ब्रिजलगतको सुविधा पनि छन् । नेपाल तथा भारतको दुई पक्षीय हितका लागि र्आसीपीले ठूलो महत्व राख्ने भारतको भन्सार विभागका आयुक्त भीसी गुप्ताले बताए । अन्नपूर्ण
भारतले एकतर्फी रुपमा आईसीपी सञ्चालनमा ल्यायो
Previous Articleम्याग्दी क्याम्पसको महायज्ञमा डेढ करोड रुपैयाँ संकलन
Next Article चीनले सोध्यो, ‘वान बेल्ट वान रोड’ बारे नेपालको धारणा