बिभिसण बन्नु भो
घर जलाउनु भो
खरानी बेच्नु भो
आत्मा रतिमै रमाउनु भो
दुनिया हसाउनु भो
भ्रष्टाचारीलाइ बचाउनु भो
तपाईं त कति महान
लाज सजिलै पचाउनु भो
शक्ति अब तपाइँको हातमा छ
भट्टि वाला पनि छुटाउनुस
रेशम चौधरी पनि छुटाउनुस
प्रभुको अगाडि लम्पसार परेर
घुडाको खाला घोटिने गरि पसारिनुस
होलि वाइन
जय प्रभु
नेपाल ज्यु
तपाईं त मान्छे होइन रच
तपाइँ मा नैतिकता इमान र एकता रहिनरच
तपाइँ को नाममा कम्युनिस्ट आन्दोलनको कालो दाग जिबन्त रहने छ
र तपाइँको आत्मालाइ सधै सधै तड्पाउने छ
तपाइँ को राजनिती त्याग र समर्पण
केही समयको स्वर्थीपनाले समाप्त भयको छ
अब तपाईं पहेला बस्त्र पहिरियर
कमन्डलु बोकेर
तिर्थ यात्रा सुरु गर्नुस
केही पाप पखालिन्छ कि ?
जय हनुमान ।