धर्ती माताको उपमा दिएर शरिर लुट्ने पारा बेग्लै छ



आफ्नो झै गरी नजिकिएर छुरा रोप्ने इसारा बेग्लै छ 



चट्टानी पहरामा फुलेको हूँ म गमलामा सजाउन नखोज



थाहा छ आस्वाशन देखाएर तिमिले दिने जुनतारा बेग्लै छ 



बोल्दिन कत्तिपनि तर बुझेको छु मैले तिम्रा हरेक भावहरु
मन मारेर ज्यान जिवित राख्न सक्ने हत्यारा बेग्लै छ 



नुनिलो सागर बनाउनु छ, स्वादहीन पानीलाई स्वाद दिएर
तिमिले पिउने पानी र मैले पिउने आसुँको धारा बेग्लै छ



बाकी रख्दिन बोल्न केही चिज जुन कुरा मनमा रहन्छ
मनमा एक मुखमा अनेक जादूगरको नारा बेग्लै छ 



2078।02।13लमजुङ्ग 


