सरकारले हालै ल्याएको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश –२०७८ को स्वागत गर्दै व्यवस्थीत तबरले सहयोगका लागि प्रतिबद्धता जनाएको छ । नेकपा एमाले म्याग्दीले आफूले गत वर्ष २ लाख ५७ हजार ८ सय ३३ रुपैंया विपद् व्यवस्थापन कोषमा जम्मा गरेको र अहिले पनि आवश्यक सहयोगका लागि तत्पर रहेको जनाएको छ ।
नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले आफ्नो पार्टीका शुभचिन्तकहरुले स्वतस्फुर्त रुपमा संकल गरेको रकम गत वर्षको कोभिड–१९को समयमा राज्यले तोकेको मापदण्ड अनुसार राज्यकोषमा जम्म गरीएको बताउनुभयो ।
अध्यक्ष श्रेष्टद्वारा हस्ताक्षरीत विज्ञप्तीमा आफ्नो पार्टी कार्यालय पनि कोभिड–१९का बिरामीहरुका लागि आइसोलेसनको रुपमा प्रयोग गर्न पर्ने अवस्था भएमा उपलब्ध गराईने उल्लेख छ । विज्ञप्तीमा जिल्लामा आइपर्ने विपद्हरुमा पार्टीको तर्फबाट सहयोग गर्नका लािग नेकपा एमाले जिल्ला विपद् व्यवस्थापन कोष नामक बैंक खाता खोलेरै पार्टी पंक्तिबाट सहयोग संकलन अनि आवश्यकता अनुसार वितरण गरिने जनाइएको छ ।
नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुका स्वयंसेवक रहने गरी प्रत्ये स्थानियतहमा हेल्प डेस्क स्थापना गरी सहयोग र उद्धार थालेको छ । बिरामीको लगत संकलन, आवश्यक औषधि, स्वास्थ्य सामग्री वितरण गर्नुका साथै जिल्ला सदरमकाममा विरामीलाई निःशुल्क ओसारपसार गर्न २ वटा ट्याक्सी, एउटा जिप र २ वटा मोटरसाइकल स्ट्याण्डबाई राखीएको एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताउनुभयो । अध्यक्ष श्रेष्ठले भन्नुभयो कुनै पनि काम गर्दा स्थानिय प्रहरी, प्रशासन, जनप्रतिनिधिहरु र स्वास्थ्यकर्मीको समन्वय बिना हुँदैनन् ।