कोरोना माहामारीका कारण अस्पताल पुग्न समस्यामा परेका विरामीहरुको सेवाको लागि म्याग्दीमा रहेको गंगा जिसी फाउण्डेशनले नि:शुल्क एम्बुलेन्स् सेवा उपलब्ध गराउन थालेको छ ।
निलगिरी यातायात प्रालीद्वारा सञ्चालीत (टाटा उइन्गर) भ्यानलाइ अस्थायी एमबुलेनस् निमार्ण गरी विरामीको उद्धारका लागि एम्बुलेनस् सेवा उपलब्ध गराईएको गंगा जिसी फाउन्डेशनका अध्यक्ष नारायण जिसीले बताउनुभयो । फाउण्डेशनले जिल्ला प्रशासन कार्यालय र जिल्ला स्वाथ्य कार्यालयमा अनुमती लिएर नि:शुल्क अस्थायी एमबुलेनस् सेवा सञ्चालन गरेको हो ।
आईतबार बेनी अस्पतालमा अनौपचारीक रुपमा एक कार्यक्रमको आयोजना गरी चालक सहित अस्थायी एमबुलेनस् नि:शुल्क रुपमा प्रयोग गर्ने गरी बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी र जिल्ला प्रशासन कार्यालयका सहायक प्रजिक सुवास पौडेलको रोहवरमा अस्थायी एमबुलेनस्को चावी जिल्ला स्वाथ कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्साललाइ हस्तातरण गरीएको फाउण्डेशनका सदस्य दिनेश केसीले बताउनुभयो । त्यसैगरी स्वाथ्य कार्यालय म्याग्दीका प्रमुख लम्सालले फाउण्डेसनद्वारा सञ्चालित एम्बुलेशनका चालकका लागि आवश्यक पर्ने पिपिई लगायतका स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गर्नु भएको थियो । एमबुलेशन सेवा बाहेक फाउण्डेशनमा मार्फत बेनी नगरपालिका र सबै गाउँपालिकामा स्वयंम्सेवकहरु सहित ५ वटा निजी सवारी साधन पनि आवश्यक परेका बेलामा उपलब्ध गराउनेगरी परिचालन गरेको अध्यक्ष जिसीले बताउनु भयो । उहाँले दुखि गरीव वर्गका मानिसहरुका निम्ती यो सेवा उपलब्ध गराएको भन्दै आवश्यक परेमा थप अन्य सेवाहरु पनि फाउण्डेशन मार्फत सञ्चालन गरीने बताउनुभयो ।