भिजन सेक्युरिटीजले बेनीमा शाखा विस्तारको अनुमति पाएसँगै म्याग्दीको सदरमुकाम बेनीबजारमा शाखा विस्तार भएको छ । भिजन सेक्युरिटिज प्रालि (ब्रोकर नम्बर ३४)ले म्याग्दी तथा आसपासका क्षेत्रमा सेयर खरिद बिक्री गर्नका लागि ब्रोकरको शाखा स्थापना गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको हो ।
बेनी नगरपालिका–८, गणेशटोलमा रहेको शाखा विस्तार गरेपछि नयाँ र लगानीकर्ताहरुको आवतजावत बढ्न थालेका छन् । शाखामा डिम्याट खाता खोल्ने, लगानीकर्ताले ब्रोकर आइडी खोल्ने, अनलाइनबाट कारोबार गर्न टिएमएसका लागि आउने गरेको शाखा प्रमुख गीता शर्माले बताइन् । भिजन सेक्युरिटीले शेयर बजारलाई म्याग्देली जनताको पहुँचमा पु¥याउन कोरोना भाइरसको जोखिम घटेपछि शेयर बजार शिक्षासम्बन्धी अभियान सञ्चालन गर्ने जनाएको छ ।
भिजन सेक्युरिटी ५० वटा ब्रोकरमध्ये सबैभन्दा शाखा भएको ब्रोकर समेत रहेको छ । पछिल्लो समयमा धितोपत्र बजारमा लगानीकर्ताको चासो र संख्या बढेसँगै कम्पनीले शाखा विस्तार गरेको कार्यकारी अध्यक्ष राजकुमार तिमिल्सिनाले बताएका छन् । हालसम्म म्याग्दीका लगानीकर्ताले सेयर खरिद बिक्रीका लागि अनलाइनसँगै बागलुङ, पोखरा जानुपर्ने बाध्यता रहेको थियो । बागलुङमा दिव्या सेक्युरिटी एन्ड स्टक हाउस शाखा कार्यालय रहेको छ ।
पछिल्लो समय प्राथमिक सेयर (आइपिओ) र दोस्रो बजारमा खेल्ने समेत ठूलो संख्यामा लगानीकर्ता म्याग्दीमा रहेका छन् । पछिल्लो समय प्राथमिक सेयर (आइपिओ) र दोस्रो बजारमा खेल्ने समेत ठूलो संख्यामा लगानीकर्ता म्याग्दीमै छन् । एउटै लगानीकर्ताले वार्षिक करोडौं शेयर बजारमा लगानी गर्नेसँगै नयाँ लगानीकर्ता र सेयर बजारका बारेमा चासो राख्नेहरुको संख्या धेरै भएको बेलामा बेनीमै ब्रोकरको शाखा खुलेपछि लगानीकर्तालाई राहत मिलेको छ ।