हिमालपारीको जिल्ला मुस्ताङको एक मात्र व्यवस्थीत सरकारी अस्पताल अब नयाँ संरचनाका साथ व्यवस्थीत तबरले तयार हुने भएको छ । २५ शैयाको अनुमति पाएको जिल्ला अस्पताल मुस्ताङ्को भवन निर्माणका लागि गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले शिलान्यास गर्नुभएको छ ।
१२ करोडको लागतमा बन्ने अस्पताल भवनको शिलन्यस पछि बोल्दै मन्त्री पुनले भन्नुभयो –‘अस्पतालको भौतिक संरचना राम्रो भए मात्र सेवा राम्रो हुने भएकाले त्यसका लागि नै भवन निर्माण हुन लागेको हो ।’ मन्त्री पुनले भन्नुभयो हरेक नागरिकलाइ स्वच्छ र स्वस्थ राख्नका लागि राज्यले प्रयास गरी रहेको छ ।
दिर्घकालिन सोच अन्तरगत गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले विद्यालयका बालबालिका मार्फत सर्ने नसर्ने रोगको बारेमा ज्ञान बढाउनका लागि पनि प्रदेश सरकारले कार्यक्रम ल्याएको मन्त्री पुनले बताउनुभयो । त्यस्तै गर्भवती र सुत्केरी महिलाको स्वाथ्यलाई ख्याल राख्दै हेलिकोप्टरबाट उद्धार गर्ने कार्यक्रमलाई प्रदेशभित्र प्रभावकारी तबरले सञ्चालन गरीएको बताउनुभयो । उहाँले भन्नुभयो सामाजिक विकास मन्त्रालयले जोखिममा परेका ४३ जनाको सुत्केरी र गर्भवती महिलाहरुलाइ उद्धारगरीएको छ ।
कम उमेरमा बिबाह गर्नु महिलाको स्वास्थ्यका लागि जोखिम हुने भएकाले गर्भवतीको सुरक्षाका लागि बिबाहको उमेरलाई ध्यान दिनु पर्ने मन्त्री पुनको भनाइ थियो । कम उमेरमा विवाह पछि गर्भवती हुँदा आमा बच्चा दुवैको स्वाथ्य जोखिम हुने भएकाले विवाहको उमेरलाई बाबु आमाले ध्यान दिनु पर्ने र त्यसमा विवाह गराउने पुजारीले पनि चासो राख्न पर्ने मन्त्री पुनले बताउनुभयो ।
सबै ठाउँमा प्रयाप्त श्रोतसाधन नहुन सक्छ त्यसैले भएको श्रोत साधनको सही तबरले प्रयोग गरेमा पनि हामीले राम्रो सुविधा दिन सक्ने भएकाले त्यस तर्फ पनि ध्यान दिन मन्त्री पुनले ध्यानाकर्षण गराउनु भएको थियो ।
मन्त्री पुनले सरकारी अस्पतालले आफ्नोमा उपचार सम्भव नुहने अवस्थामा माथिल्लो तहका सरकारी अस्पतालमै रिफर गर्दा राम्रो हुने धारणा राख्नु भएको थियो । निजि अस्पतालमा सर्वसाधारणले खर्च थेग्न समस्या हुन सक्ने समस्यालाई मध्येनजर गर्दै त्यता तर्फ ध्यान दिन आग्रह गर्नु भएको थियो ।
२०२९ सालमा प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा स्थापना भै २०३१ सालमा ५ शैयाको अस्पतालमा स्तरोन्नती भएको जिल्ला अस्पताल जोमसोम २०५३ सालमा १५ शैयामा स्तरोन्नती भएको थियो । १५ शैयाको स्वीकृत भएको जिल्ला अस्पतालमा ७ शैयाको कोभिड बेड सहित अहिले २२ शैया सञ्चालनमा रहेका छन् ।
अस्पताल व्यवस्थापन समिति अध्यष चन्द्रबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद महेन्द्र थाकालीलगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा चन्द्रमोहन गौचन, जिल्ला समन्वय समिति मुस्ताङका छिरिङ ल्यामो गुरुङलगायतले उपस्थिति रहेको थियो ।
मुस्ताङ अस्पतालको नयाँ भवन बन्दै, सामाजिक विकास मन्त्रीले गर्नुभयो सिलान्यास
Previous Articleरुप्से दैनिक ! २२ चैत्र २०७७
Next Article रुप्से दैनिक ! २४ चैत्र २०७७