रेजिना कटुवाल
प्यानक्रियाजमा समस्या भई उपचाररत म्याग्दीका शेरबहादुर खड्काको उपचारार्थ संकलित रकम आज सार्वजनिक गरिएको छ ।
घार गाँउवासी, पोखरा, काठमाडौं, चितवन र विभिन्न देशबाट संकलित रकम विरामीका आफन्तले घार म्याग्दी–पोखरा समाजको समन्वयमा पोखरामा आइतबार आयोजित एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो ।
समाजले देश तथा विदेशका विभिन्न सहयोगदाताहरुबाट पाँच लाख ५८ हजार ८७९ रुपैयाँ खड्काको उपचारार्थ संकलन गरेको युवा समाजसेवी राजाराम बरुवालले जानकारी दिए ।
प्यांक्रियाजको समस्याका कारण पोखराको फुलबारीस्थित मणिपाल शिक्षण अस्पतालमा उपचाररत खड्काको उपचारमा हालसम्म पाँच लाख लाख १३ हजार ५४० खर्च भएको उपाध्यक्ष बरुवालले जानकारी दिए । त्यसमा अस्पतालका तर्फबाट एक लाख रुपैयाँ छुट भएको उनले जानकारी दिए । बाँकी रकम खड्काका परिवारलाई आइतबार नै हस्तान्त्रण गरिएको समाजले जनाएको छ ।
समाजले थालेको शेरबहादुर खड्का उपचारार्थ सहयोग कोषमा घार म्याग्दी–पोखरा समाजबाट ५६ हजार ६० रुपैयाँ, घार समाज जापानबाट एक लाख २५ हजार पाँच सय, घार–खिवाङ म्याग्देली सेवा समाज, दोहा कतारबाट ४१ हजार ११०, कुवेतबाट २७ हजार १९३, पोर्चुगलबाट २७ हजार ४७३, अष्ट्रेलियाबाट ५६ हजार ६३० र बाँकी अन्य सहयोगीहरुबाट संकलन गर्न सफल भएको समाजका सचिव विष्णु बरुवालले जानकारी दिए ।
समाजले घारमा रहेका स्थानियहरुको भरोसाको केन्द्रका रुपमा घार म्याग्दी–पोखरा समाज स्थापित हुन लागेको समाजका उपाध्यक्ष गोकर्ण बरुवालले बताए । उनले समाज मर्दा र पर्दा चाहिने भन्दै पैसाको अभावमा कोही पनि अकालमा मर्न नपरोस् भन्दै समाजले थालेका राम्रो काममा साथ दिन सबैसंग अनुरोध गरे ।
उनले सो अवसरमा यो अभियानमा देश तथा विदेशबाट सहयोग पु¥याउने सबैलाई धन्यवाद व्यक्त गर्दै मातृभूमीप्रतिको उत्तरदायित्वलाई जहाँ गएपनि नभूल्न आग्रह गरेका थिए ।
साथै सो कार्यक्रममा सबैको सहयोगका कारण आफ्नो स्वास्थ्यमा क्रमिक सुधार भइरहेको पिडित विरामी शेरबहादुर खड्काले बताए । उनले आफूलाई सहयोग गरेर नयाँ जीवन दिनका लागि भइरहेको पहलप्रति धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रम घार म्याग्दी पोखरा समाजका उपाध्यक्ष गोकर्ण बरुवालको अध्यक्षतामा र घार गाँउका युवा समाजसेवी राजाराम बरुवालको सञ्चालनमा सम्पन्न भएको थियो ।
म्याग्दी घारका शेरबहादुर खड्काको उपचारार्थ संकलित रकम सार्वजनिक
Previous Articleरुप्से दैनिक ! १७ फागुन २०७७
Next Article रुप्से दैनिक ! १८ फागुन २०७७