निर्माण व्यवसायीहरुको छाता सङ्गठन निर्माण व्यवसायी संघ म्याग्दीले पूर्णता पाएको छ । लामो समयदेखि रिक्त रहेको कार्यसमिति सदस्य पदमा युवा तथा निर्माण व्यवसायी प्रविन सापकोटालाई मनोनित गरेपछि संघले पूर्णता पाएको हो ।
यसअघि निर्माण व्यवसायी संघ म्याग्दीका अध्यक्ष नारायण जिसीको अध्यक्षतामा बसेको कार्यसमितिको वैठकले रिक्त सदस्य पदमा प्रविण सापकोटालाई मनोनित गर्ने निर्णय गरेको थियो । बेनी नगरपालिका–२, ज्यामरुककोटस्थित खबराका युवा व्यवसायी तथा सोमरस निर्माण सेवाका प्रोप्राइटर प्रविन सापकोटालाई संघमा मनोनित गरेसँगै निर्माण व्यवसायी संघ म्याग्दीको कार्यसमिति १९ सदस्यीय बनेको छ ।
विगत लामो समयदेखि रिक्त रहेको कार्यसमिति सदस्य पदमा युवा व्यवसायी प्रविन सापकोटालाई मनोनित गरिएको निर्माण व्यवसायी संघ म्याग्दीका अध्यक्ष नारायण जिसीले जानकारी दिए । संघको कार्यसमितिमा सापकोटालाई मनोनित गरेसँगै सबै क्षेत्रलाई समेटिएको संघले दावी गरेको छ ।
Previous Articleरुप्से दैनिक ! १० मसिर २०७७
Next Article रुप्से दैनिक ! ११ मसिर २०७७