गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले मुस्ताङका प्रदेशसभा सांसद एवम् नेकपा मुस्ताङका अध्यक्ष चन्द्रमोहन गौचनका पिटा भीमप्रसाद गौचनको निधनमा दुःख व्यक्त गर्नुभएको छ । गौचनके पुख्यौली घर मुस्ताङको घाँसामा पुगेर पुनले गौचनको पिताको निधनमा समबेदन व्यक्त गर्नुभएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मुस्ताङका अध्यक्ष चन्द्रमोहनका पिता भिमप्रसाद पार्टीको एक सक्षम अभिभावक रहेको र उहाँलाई गुमाउँदा पार्टीमा अतुलनीय क्षती भएको बताउनुभएको थियो ।
पिताको निधनले उहाँको अभाव खड्कीने बताउँदै पुने समाज रुपान्तरणमा उहाँको योगदानको सदैव करद एवम् सम्झना हुने सोकपुस्तीकामा उल्लेख गर्नुभएको थियो । दुःखको घडीमा सोकसन्तप्त परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्दै समवेदना प्रकट गर्नु भएको थियो । मन्त्री पुन सँगै भौतिक पूर्वाधार विकास मन्त्र रामशरण बस्नेतलगायतको टोली सहभागी थियो । सोमबार मुख्यमन्त्री एवम् नेकपा गण्डकी प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङ, अध्यक्ष हितराज पाण्डेलगायतले दुःख व्यक्त गर्दै समबेदना प्रकट गर्नुभएको थियो ।