गण्डकी प्रदेशका मुख्यमन्त्री एवम् नेकपाका गण्डकी प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले मुस्ताङका प्रदेशसभा सांसद एवम् नेकपा मुस्ताङका अध्यक्ष चन्द्रमोहन गौचनको पिताको निधनमा दुःख व्यक्त गर्नुभएको छ ।
इन्चार्ज गुरुङले गौचनको पुख्र्यौली घर मुस्ताङको घाँसामा पुगेर चन्द्रमोहनका पिता भिमप्रसादको निधनले पार्टीलाइ क्षती पुगेको बताउनुभएको थियो । ४ छोरा र ३ छोरीका पिता भिमप्रसादको मंसिर ५ गते निधन भएको थियो । प्रदेश सांसद समेत रहेका चन्द्रमोहन र उहाँको परिवारप्रति श्रद्धाञ्जली अर्पण गर्न मुख्यमन्त्री सहितको टोली घाँसा पुगेको थियो । श्रद्धाञ्जलीका लागि पुगेको टोलीमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, नेकपा गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डे, प्रदेश कमिटी सचिव गोविन्द नेपाली, प्रदेश सदस्य नवराज शर्माल, मुस्ताङका संविधानसभा सदस्य चन्द्रबहादुर गुरुङ, प्रदेशसभा सांसद इन्द्रधारा विष्टलगायते स्वर्गीय भीमप्रसाद गौचनको तस्बीरमा माल्यार्पण गर्नु भएको थियो ।
Previous Articleरुप्से दैनिक ! ८ मसिर २०७७
Next Article देशभर आजबाट कक्षा १२ को परीक्षा शुरु