काठमाडौँ, २८ कात्तिक – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनको विषयमा मुख्य तीन दलको सहमति खोज्ने प्रयास जारी राखेका छन् । प्रतिपक्षी एमालेसँग नै सहमतिको प्रयास सफल भएको छैन ।
प्रधानमन्त्री र कांग्रेस सभापति शेरबहादुर देउवाबीच एमाले अब सहमतिमा नआए पनि संविधान संशोधन प्रस्ताव भने दर्ता गरेरै जाने सहमति भएको छ । ३० कात्तिकभित्रै संशोधन प्रस्ताव दर्ता गर्ने विषयमा दुई नेताबीच समझदारी बनेको बताइएको छ ।
यसैबीच, प्रधानमन्त्रीले विधेयकबारे छलफल गर्न शनिबार संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यावदलाई बालुवाटार बोलाएका थिए । छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री विमलेन्द्र निधिसमेत थिए । तर, यादवले आउन नसक्ने बताए । गठबन्धनका नेताहरू प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाउन शुक्रबारदेखि नै प्रयासरत थिए । प्रधानमन्त्री प्रचण्डले समय नदिएका कारण रुष्ट बनेका उपेन्द्र आफू एक्लै नआउने भन्दै प्रधानमन्त्रीले बोलाउंदा नगएको थिए । नयाँ पत्रिका
Previous Articleभारतीय बैंकले यस्तो पठायो राष्ट्र बैंकलाई जवाफ
Next Article संविधान संशोधन प्रस्ताव तीन अध्यक्षले टुंग्याउने