विद्यालयको पक्की संरचना बनाउन जुट्यो बिब्यस
हिमालपारीको जिल्ला मुस्ताङमा पछिल्लो समय आधुनिक शैलिका पक्की घर बन्ने गरेको भएपनि अधिकांश घरहरु पुराना शैलिका कच्ची नै छन् । त्यस्तै ग्रामिण भेकका अधिकांश स्कुलहरु पनि एक तले माटोले छाएका कच्ची छन् । पछिल्लो समय मुस्ताङमा पनि पानी अलिक बढी पर्न थालेपछि त्यस्ता पुराना शैलिका घरहरु जोखिमको कारण बन्न थालेका छन् । माटोले छाएको विद्यालय भवन रहेको मुस्ताङको एक विद्यालयले अब पक्की संरचना बनाउनकालागि प्रकृया अगाडी बढाएको छ ।
मुस्ताङको बारागुङ मुक्तीक्षेत्र गाउँपालिका–१, लुप्रामा रहेको लुप्रा आधारभूत विद्यालयले अहिले आफ्नो संरचना नयाँ बनाउनका लागि प्रयास गरी रहेको छ । २०३९ सालमा स्थापना भएको उक्त विद्यालयमा कक्षा ८ सम्म पढाइ हुन्छ । आवासिय सुविधा सहितको लुप्रा आधारभूत विद्यालयमा चालु शैक्षिकसत्रमा ८२ जना विद्यार्थीहरु अध्ययन गर्छन् । लकडाउनले गर्दा विद्यालय अहिले सञ्चालन नगरीएको भएपनि ति बिद्यार्थीहरु यही स्कुलमा पढ्ने हुन् भन्नुहुन्छ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोनाम छिरिङ गुरुङ । अध्यक्ष गुरुङ भन्नुहुन्छ–‘लुप्रामा स्थानिय मात्रै होइन, उपल्लो मुस्ताङको लोमन्थाङ तथा तल्ले भेकका विद्यार्थीहरु पनि अध्ययन गर्छन् ।’
गत साउन २७ गते बारागुङ मुक्तीक्षेत्र गाउँपालिकाका इन्जिनियर बिपिन श्रेष्ठको नेतृत्वको विद्यालयको नयाँ भौतिक संरचना निर्माणका लागि नापजाँच गरेर नक्सा बनाउने तयारी गरी रहेको छ । इन्जिनियर श्रेष्ठले भन्नुभयो –‘साउन अन्तिममा गएर स्कुको भौगोलिक अवस्थीती अनुगमने गरेर नापजाँच गरेर आयौं अब छिटै नक्सा बनाएर थप प्रकृया अगाडी बढाइनेछ ।’
विद्यालयको पक्की भवन बनाउनका लागि मुस्ताङका प्रदेश सभा सांसद एवम् नेकपा मुस्ताङका अध्यक्ष चन्द्रमोहन गौचनको प्रयासमा संघिय सरकारको बिशेष अनुदान मार्फत चालु आर्थिक वर्षलाई १ करोड आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोनाम छिरिङ गुरुङले बताउनुभयो ।
मुक्तीक्षेत्र गाउँपालिकाका लेखा अधिकृत अमृतप्रसाद रेग्मीले भन्नुभयो–‘चालु आर्थिक वर्षका लागि विद्यालयको भवन निर्माण गर्न उक्त रकम बिनियोजन भएको रहेछ सोही अनुरुप प्रकृया अगाडी बढाउनका लागि इन्जीनियर साबको टोलीले अनुगमन र नापजाँच गरी फर्केको छ ।’
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोनाम छिरिङ गुरुङ भन्नुहुन्छ विद्यालय आवासिय रहेको र उक्त विद्यालयमा विद्यार्थीको चाप पनि बढ्दो भएकाले पक्की संरचना निर्माण गर्न आवश्यक देखिएको हुनाले प्रयास गरीएकोमा मुस्ताङका प्रदेश सभा सांसद चन्द्र मोहन गौचनको पहलमा संघिय सरकारबाट बजेट परेको हो । गुरुङ भन्नुहुन्छ –‘विद्यार्थीकोलाई बस्न तथा पढ्नका लागि कक्षा कोठाको समेत समस्या भएको अवस्थामा गौचनको हलबाट विद्यालयलाई एक करोड आएर हामीलाई सहज भएको छ ।’
अध्यक्ष गुरुङ भन्नुहुन्छ –‘अब अन्य स्वदेशी तथा विदेशी दताहरुलाई आग्रह गरेर आवास, कार्यालय तथा अध्ययन गर्न मिल्ने खालको भवन निर्माणको तयारीमा छौं ।’ उहाँले थप्नु भयो ‘हाल सुरुमा ४ कोठे पक्की भवनलाई फिनिसिङ् दिन्छौं, बाँकी थप्दै जाने हो ।’
हिमालपारिको जिल्लाको स्कुलमा बिद्यार्थीको उच्च चाप
Previous Articleबायर्नले जित्यो छैटौं पटक च्याम्पियन्स लिग उपाधि
Next Article एक महिना पछि खुल्यो बेनी–जोमसोम सडक