नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र उत्पन्न विवाद समाधानका लागि गठित कार्यदले आफ्नो प्रतिवेदन बुझाएको छ । साे प्रतिवेदन सर्वसम्बत तयार भएकाे छ ।
शनिवार कार्यदलका सदस्यहरुले अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई सो प्रतिवेदन बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराउनुभयो ।
कार्यदलमा संयाेजक विष्णुप्रसाद पाैडेल र सदस्यहरू शंकर पाेखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल गरी छ जनालाई जिम्मेवारी ताेकिएकाे थियाे ।