बेनी नगरपालिका–९ का कलाकार बाबुराम सुबेदी(तिरे)लाई आर्थिक सहयोग प्राप्त भएको छ । भारतीय सेनाबाट सेवा निवृत्त भएका बेनी नगरपालिका–७ बस्ने शंकर पौडेलले आर्थिक सहयोग गरेका हुन् ।
कलाकारिताको क्षेत्रमा लागेका तिरे विभिन्न हास्यव्यङ्ग्यमा अभिनय गरेका छन् । तिरेले क्या जमाना आ, तिन छक्कै, घरज्वाइँलगायतका टेलिचलचित्रमा अभिनय गरेका छन् ।
उनकाे छोराछोरीकोलागि आवश्यक पर्ने स्टेसनरी तथा पुस्तक खरिदका लागि ५ हजार १ सय रुपैंया आफूले उपलब्ध गराएको पौडेलले बताए । पौडेल भन्छन् –‘समाजको ऐना मानिने कला क्षेत्रमा लागेका उनको आर्थिक अवस्था कमजोर भएको कारण उनका छोरा छोरीको पढाइलाई केही मात्रामा भए पनि सहयोग होस भनेर मैले यो सहयोग गरेको हुँ ।’
Previous Articleरुप्से दैनिक ! ०५ भाद्र २०७७
Next Article पाँच हजार शय्याकाे आइसोलेसनदेखि टोलटोलमा निसङ्क्रमण