बागलुङ, २६ कात्तिक – स्थानीय निकाय पुन संरचनाको बहस चलिरहेकै समयमा जिल्ला निर्वाचन कार्यालयले पनि जिल्लाका मतदाताको नामाबली अद्यावधिक योजना ल्याएको छ ।
२०७० सालको संविधानसभा निर्वाचनपछि मतदाता नामाबली अद्यावधिक नभएकोले यो कार्यक्रम ल्याएको जिल्ला निर्वाचन अधिकारी बिकासचन्द्र शर्माले बताए । सरकारले आगामी २०७४ को माघ सम्ममा स्थानीय, संसद र राज्य तहको निर्वाचन गर्ने रणनीति बनाएपछि मतदाता नामाबली अद्यावधिक गर्न आवस्यक भएको उनले बताए ।
गत बर्ष आंसिक रुपमा छुटेका मतदाता नामाबली संकलन गरेपनि आयोगमा अझै समावेश भैसकेको छैन । बागलुङका ३२ गाविसमा संकलन गरिएको नामाबली र कात्तिक २८ गते देखि शुरु गरिने मतदाता दर्ता कार्यक्रमलाइ आयोगमा पठाइने योजना छ । विहिवार आयोजित एक अन्तरक्रिया कार्यक्रममा शर्माले कार्यपत्र प्रस्तुत गर्दै संचारमाध्मको अधिकतम प्रयोग गरेर सबै उमेर पुगेका मतदातालाइ नामाबलीमा समावेश गर्न लगाइने बताए । ‘कोही पनि नछुटुन भन्ने चाहना अनुसार यो क्रम शुरु गरेका छौं’ शर्माले भने, ‘अद्यावधिक नभएमा स्थानीय निकायको निर्वाचनमा बढी झमेला पर्न सक्छ भनेर हामी सचेत छौं ।’ फोटो सहितको नामाबलीमा समावेश भएपछि दोहोरिएर मतहाल्ने संभावना कम हुने भएकोले निर्वाचन सहज हुने पनि अयाोगको ठहर छ ।
बागलुङमा २०७३ असोज मसान्त सम्म १ लाख ५८ हजार ३ सय १३ जनाको नामबली दर्ता भएको छ । ती मध्ये ३ हजार ४ सय ९६ जनाको मृत्यु भएकोले हटाइएको छ । १६ बर्ष उमेर पुरा भएको नेपालीले नागरिकताको प्रमाणपत्र पाएपछि मतदाता नामाबलीमा सूचिकृत गर्न पाउने प्रावधान छ ।
जिल्लाका सबै गाविस र नगरपालिकाका सबै वडामा यो अभियान गाविस सचिव, आयोगका कर्मचारी र सामाजिक परिचालक समेतको सहभागितामा संचालन हुनेछ । त्यसका लागि सबै क्रियाशिल राजनीतिक दललाइ गाउ र वडा तह सम्म पुगेर अभियानमा सहयोग गर्न पनि आयोगले आग्रह गरेको छ । गाविस सचिवलाइ पनि दुइ दिनको अभिमूखिकरण दिएर पठाइएको शर्माले जानकारी दिए । कार्यालयको जानकारी अनुसार कात्तिक २८ र २९ गते निसी, बोबाङ, सुखौरा, छिस्ती, अमरभूमि गाविस र बागलुङ नगरपालिकको वडा नं. ६मा नामाबली समावेश हुनेछ । त्यस्तै कात्तिक ३० र मंसिर १ गते बोहोरागाउ“, अधिकारीचौर, सल्यान, जैदी, अर्गल र बानपा ७ मा, मंसिर २ र ३ गते देविस्थान, बोङगादोभान, बाटाकाचौर, अर्जेवा, ताराखोला र बानपा ८ मा रहने बताइएको छ । मंसिर ४ र ५ गते राजकुट, खुंखानी, हुग्दीशिर, बिनामारे, हिल र बानपा १ मा तथा मंसिर ६ र ७ गते दर्लिङ, धुल्लुवास्कोट, सर्कुवा, हरिचौर र बानपा २ मा हुनेछ । मंसिर ७ र ८ गते तमानमा हुनेछ । ८ र ९ गते ग्वालीचौर, राङखानी, कुश्मीसेरा, नरेठाटी र पालामा हुनेछ । मंसिर १० र ११ गते जलजला, खुंगा, पैयुथन्थाप, अमलाचोर, दुदिलाभाटी र बानपा ५, मंसिर १२ र १३ गते दगातुम्डाडा, बुर्तिवाङ, दमेक, पैयुपाटा, विहु“ तथा बनपा ५ मा हुने बताइएको छ । मंसिरको १४ र १५ गते सिसाखानी, भिमगिठे, रायडा“डा, नारायणस्थान, तंग्राम र बानपा ४ मा, १६ र १७ गते रिघा, रणसिंहकिटेनी, भकुण्डे, सिगाना, धम्जा र बानपा ९ मा नामाबली संकलन गरिने छ । त्यस्तै मंसिर १८ र १९ गते हटिया, का“डेवास, तित्याङ, रेश, भिमापोखरा र बानपा ९मा, मंसिर २० र २१ गते मल्म, लेखानी र बानपा ११ तथा २२ र २३ गते पाण्डवखानी र बानपा १० मा मतदाता नामाबली संलकन गरिने बताइएको छ ।
निमित्त प्रजिअ धु्रव गिरीको अध्यक्षता, श्याम थापाको संचालन र जिल्ला निर्वाचन अधिकारी विकास चन्द्र शर्माको स्वागतमा सम्पन्न कार्यक्रममा स्थानीय विकास अधिकारी रामप्रसाद आचार्य, एमाले सचिवालय सदस्य गोविन्द गौतम, नेपाल पत्रकार महासंघका सचिव दिल शिरिष, गैरसरकारी संस्था महासंघका अध्यक्ष मुक्तिराम सापकोटा लगायतले बोलेका थिए ।