तनहुँ : पहिरोमा पुरिएका १ जनाको उद्दार १ जना वेपत्ता
मिति २०७७।०४।०५ गते १४:३० बजेको समयमा जिल्ला तनहुँ भानु नगरपालिका-९ सिमगैरामा बस्ने महिन्द्र धरालिको घर र संगै रहेको निजको भाईको घर माथिबाट पहिरो आई दुवै घर बगाएको, महेन्द्र धरालीकी आमा वर्ष ८० की तिलमाया धराली र छोरी वर्ष १७ की त्रिप्सा धरालि पहिरोले पुरी वेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिई खोजीकार्य गर्ने क्रममा निज त्रीप्सा धारालीलाई उद्दार गरि उपचारको लागि अस्पताल पठाईएको, अवस्था सिरियस साथै हराईरहेकि तिलमाया धरालीको खोजीकार्य भईरहेको छ ।
गोरखा : पहिरोले पुरिई १ जना वेपत्ता
मिति २०७७।०४।०५ गते अन्दाजी १२:४५ बजेको समयमा जिल्ला गोरखा गण्डकी गाउँपालिका-४ फुजेलकौदि स्थितमा वर्ष ३४ की लक्ष्मी गुरुङलाई बाख्राको गोठमा घाँस हाल्न जाने क्रममा माथिबाट पहिरो आई मानिस र बाख्रा समेतलाई बगाएको भन्ने खबर १२:५० बजे प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिई खोजिकार्य भईरहेको छ ।
गोरखा : बाटो अवरोध
मिति २०७७।०४।०५ गते अंन्दाजी ०८:३० बजेको समयमा गोरखा नगरपालिका-२ कटुसघारी स्थित गोरखा आरुघाट भित्री सडकखण्डमा बाटो भन्दा अंन्दाजी १५ मिटर माथि रहेको बारीको कान्लो विभिन्न ठाउँमा झर्न जादाँ अंन्दाजी १०।१५ मिटर जति बाटो पुर्ण रुपमा अवरोध भएको भन्ने खवर पप्राप्त हुना साथ उक्त स्थानमा तत्कालै प्रहरी टोलि खटिई स्थानिय निकाय संग समन्वय गरी बाटो खुलाउने पहल भईरहेको छ ।
गोरखा : बाटो अवरोध
मिति २०७७।०४।०५ गते ०८:३० बजे गोरखा नगरपालिका-२ कटुसघारी स्थित गोरखा आरुघाट भित्री सडकखण्डमा बाटो भन्दा अन्दाजी १५ मिटर माथि रहेको बारीको कान्लो विभिन्न ठाउँमा झर्न जाँदा लगभग १०\१५ मिटर जति बाटो पुर्ण रुपमा अवरोध भएको, तत्कालै प्रहरी टोली खटिई स्थानिय निकाय संग समन्वय गरी बाटो खुलाउने पहल भई रहेको छ ।
गोरखा : बाटो अवरुद्द
मिति २०७७।०४।०५ गते अन्दाजी १२:४५ बजेको समयमा जिल्ला गोरखा सिरान्चोक गाउँपालिका-३ र ऐ.५ को सिमानामा पर्ने चिउरीबोट स्थित पालुङटार भच्चेक सडक खण्डमा माथिबाट पहिरो आई १० मिटर बाटो अवरुद्द भएको, उक्त स्थानमा प्रहरी टोली खटिई बाटो खुलाउने पहल भईरहेको छ ।
गोरखा : पहिरोले वाटो अबरुद्ब
मिति २०७७।०४।०५ गते अन्दाजी ११:४० बजेको समयमा जिल्ला गोरखा अजिरकोट गाउँपालिका-५ धाईकप स्थित बाहृकिलो बारपाक सडक खण्डको फरक-फरक ३ स्थानमा अं २०/३० मिटरको पहिरो आई बाटो अवरुद्द भएको, उक्त स्थानमा प्रहरी टोली खटिई बाटो खुलाउन पहल भईरहेको छ ।
स्याङजा : वर्षाको कारण क्षती
मिति २०७७।०४।०५ गते अंन्दाजी ०७:३० बजेको समयमा बिरुवा गाउँपालिका-६ चिन्नेबास बस्ने वर्ष ६२ को रिषिराम कोईरालाको खरले छाएको २ तले कच्ची घरमा अविरल वर्षाको कारण घरको छानो चुईन गई गारोमा पानी पस्न जादाँ घर पूर्ण रुपमा भत्किएको मानविय, चौपाय क्षति नभएको, उक्त घरका ३ जना परिवारलाई निजकै दाजुको घरमा सारिएको भन्ने खबर प्राप्त हुना साथ यस उक्त स्थानमा तत्कालै प्रहरी टोलि खटिई घटनाको विषमा थप अनुसन्धान भईरहेको छ ।
स्याङजा : बाढी पसेको
मिती २०७७।०४।०५ गते अंन्दाजी ०९:०० बजेको समयमा जिल्ला स्याङजा कालिगण्डकी गाउँपालिका-२ लसर्घाबेशी गाँउमा राङदी खोलाबाट आएको बाढी ८/९ वटा घरमा हिलोमाटो सहित पसेको भन्ने खबर प्राप्त हुना साथ उक्त स्थानमा तत्कालै प्रहरी टोलि खटिई उक्त भेललाई खोलातर्फ मोडिएको, मानवीय क्षती नभएको, घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।
मनाङ : ढुङ्गा खस्नगई बाटो अबरुद्द
मिति २०७७।०४।०५ गते अंन्दाजी ०९:३० बजेकोमा समयमा जिल्ला मनाङ नासोँ गाउँपालिका-१ म्यार्दी भिर स्थित बेशिसहर -चामे सडकखण्डमा म्यार्दी भिर माथिबाट अचानक ढुङ्गा खस्नजादा सडक अबरोध भएको छ भन्ने खबर प्राप्त हुना साथ तत्कालै प्रहरी टोलि खटिई बाटो खुलाउने पहल भईरहेको छ ।
बागलुङ : पहिरोले घर जोखिम
मिति २०७७।०४।०५ गते अन्दाजी १३:४५ बजेको समयमा अविरल वर्षाको कारण जिल्ला बागलुङ जैमिनी नगरपालिका-९ नुनथला बस्ने शुक्र बहादुर नेपालीको घर अगाडीबाट पहिरो जाँदा घरको पिडि लगायत १ कोठा समेत भत्किएको भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिई गएको, उक्त पहिरोको कारण घर जोखीममा रहेकोले, निजको ५ जनाको परिवार आफ्नै गोठमा सरेको, मानविय तथा पशु चौपाय क्षति नभएको, घटनाका विषयमा विस्तृत विवरण आउन बाँकी ।
तनहुँ : पहिरो आई घर विस्थापित
मिति २०७७।०४।०५ गते अं १०:३० बजे परेको अबिरल वर्षाको कारण जिल्ला तनहुँ शुक्लागण्डकी न.पा ७ स्याउलि बजार स्थितमा घरहरु भन्दा तल बाट पहिरो गई ऐ.ऐ बस्ने ८ बटा घरमा बस्ने ३६ जना मानिसहरु जोखिममा रहेको भनि ऐ.१०:३५ बजे जानकारि प्राप्त हुनासाथ उक्त स्थानमा प्रहरी टोली खटिई ऐ. स्थित रहेको शुक्ला आधारभुत विद्यालयमा स्थानान्तरण गर्ने कार्य भईरहेको, घटनाका विषयमा प्रहरीले थप उद्दार तथा अनुसन्धान गरिरहेको छ ।
लमजुङ : पहिरोको कारण बाटो अबरुद्द
मिति २०७७।०४।०५ गते परेको अविरल वर्षाको कारण जिल्ला अन्तर्गतका निम्न सडकहरु अवरुद्ध भएको ।
१. जिल्ला लमजुङ राईनास नगरपलिका-६ गोप्ली टारमा माथिबाट पहिरो आई मध्य पहाडि लोकमार्ग पूर्ण रुपमा अवरुद्ध रहेको, प्रहरी टोली खटिई बाटो खुलाउने पहल भईरहेको ।
तनहुँ : कुटपिट गरि २ जना घाइते-
मिति २०७७।०४।०५ गते अन्दाजी १३:०० बजेको समयमा जिल्ला तनहुँ म्याग्दे गाउँपालिका-४ थर्पु बजार बस्ने वर्ष ६७ को मोति कुमार मल्लले जग्गाको विषयलाई लिएर विवाद हुँदा ऐ.ऐ. बस्ने वर्ष ५८ को भक्त बहादुर श्रेष्ठ र निजको छोरी वर्ष १८ की श्रुती श्रेष्ठलाई कुटपिट गरि घाईते बनाएकोमा घाइतेहरुलाई तत्कालै उपचारको लागि रत्नहरि अस्पताल दमौली पठाईएको छ । घाईतेहरुको अवस्था मध्यम, कुटपिट गर्ने मोति कुमार मल्ल प्रहरी नियन्त्रणमा रहेको, घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।