नेकपाका स्थायी कमिटि सदस्य एंव प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेलले पार्टी एकताको रक्षा गर्नु दुवै अध्यक्षको कर्तव्य रहेको बताउनु भएको छ । उहाले नेकपामा पछिल्लो पटक देखिएको विवाद वार्ताबाटै दुई अध्यक्षले समधान खोज्नुपर्नेमा जोड दिनु भएको हो ।
पार्टी एकताको विकल्प अझ सुदृढ पार्टी एकता नै भएको बताउदै अध्यक्षद्वय मिल्नुको विकल्प नभएको समेत स्पष्ट पार्नुभयो । सामाजिक सञ्जालमा उहाले लेख्नु भएको छ, ‘पार्टी एकताको विकल्प अझ सुदृढ पार्टी एकता हो । हिजो जुन जगमा पार्टी एकता घोषणा गरियो त्यसको रक्षागर्नु दुबै अध्यक्षको कर्तव्य हो ।’