सत्तारुढ नेकपाकी सांसद नवीना लामाले अर्थमन्त्री डा. युवराज खतिवडाका कारण पार्टी र सरकार बनदाम भएको टिप्पणी गरेकी छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै लामाले चुनाव लडेर जनताबाट निर्वाचित हुनुपर्ने अर्थमन्त्रीको बेजट संविधानको मर्मअनुसारको समाजवाद उन्मुख अर्थतन्त्र र नेकपाको चुनावी घोषणापत्रविरीत आएको भन्दै आक्रोश पोखिन् ।
उनले नेकपाको नीति र चुनावी घोषणपत्रविपरीत गएर अर्थमन्त्रीले सार्वजनिक शिक्षालाई निजी क्षेत्रको जिम्ममा दिन खोजेको आरोप लगाइन् । बजेटमा निजी क्षेत्रका विद्यालयले सार्वजनिक विद्यालयको दायित्व लिने उल्लेख छ । ‘अर्थमन्त्री चुनाव लड्नु हुँदैन भनेर होला सरकार र पार्टीको विचारधारालाई समेत संकटमा पार्ने काम गर्नु हुँदैनथ्यो’, लामाले भनिन्, ‘अर्थमन्त्रीज्यू, यस्तो काम कहिले पनि गर्नु हुँदैन ।’
उनले गलत कदम चालेकामा अर्थमन्त्रीले संसदमा माफी माग्नुपर्ने माग गरिन् । ‘त्यो नीति नेकपाको विचारधाराविपरीत छ । शिक्षा र अर्थमन्त्रीले संसदमा आत्माआलोचनासहित माफी माग्नुपर्छ’, लामाले भिनन् ।
उनले भनिन्, ‘नेकपाको समाजवादी शिक्षा नीति यहिँ हो ?’, लामाले सार्वजनिक शिक्षाको जिम्मेवारी निजी क्षेत्रलाई सुम्पिनु मुला रोपेर आलु फलाउन खोज्नुजस्तै भएको टिप्पणी गरिन् ।