पछिल्लो समय कोरोना भाइरसले दुई महिनाको शिशुलाई पनि सङ्क्रमित बनाएको छ । यस्तै कोरोना सङ्क्रमित आमाबाट भर्खर जन्मिएको शिशुमा भने कोरोना देखिएको छैन ।
उनका भनाइ यस प्रकार छन् :
हामीकहाँ अहिलेसम्म देखिएकोमा आमासँग बसिरहेका बालबालिकामा कोरोना देखिएको छ । दुई महिनाको शिशुमा पनि कोरोना देखिएको छ तर कसैमा पनि जटिल भएको भन्ने छैन । भएकोमा पनि अरू केही न केही रोग छ भने मात्र जटिल भएको छ । भर्खर जन्मेको शिशुमा कोरोना देखिएको छैन । चीनमा जम्मा तीन शिशुमा देखिएको थियो । त्यसमा पनि पीसीआर गर्दा नेगेटिभ आएको थियो । बालबालिकाको कुरा गर्दा आमाको पेटबाटै शिशुमा सरेको छैन । पछि आमाको श्वासप्रश्वास, थुकबाट भने सर्न सक्छ ।
भर्खर जन्मेकामा भने आमालाई छ भने पनि शिशुलाई देखिएको छैन । पेटभित्र सर्न सक्दैन । आमाको दूध खुवाउँदा, आमाको दूधमा पनि परीक्षण गरियो । त्यसमा पनि देखिएको छैन । दूधबाट सर्ने होइन । मुख्य सर्ने भनेको श्वासप्रश्वासबाटै हो । आमाले हात राम्रोसँग धुने, मास्क लगाएर दूध खुवाउने हो भने शिशुमा सर्न सक्दैन । बालबालिकामा रोगसँग लड्ने क्षमता पनि धेरै हुन्छ । धुलिखेलमा आमाको कोरोनाका कारण मृत्यु भयो । त्यस्तै उहाँको शिशुमा कोरोना भाइरस थिएन । त्यसैले पेट भित्रको शिशुलाई कोरोना सर्न सक्दैन । आमा सङ्क्रमित हुनुहुन्छ र उहाँको थुक, श्वासप्रश्वास प्रत्यक्ष शिशुमा गयो भने मात्र सर्न सक्दछ । शिशुमा सर्न सक्ने सम्भावना कम भए पनि हामीले सावधानी भने अपनाउनै पर्छ ।