एजेन्सी– भारतमा कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकारको संक्रमण फेला परेको छ ।
विज्ञहरुको एक अध्ययनले भारतमा फेला परेको भाइरस अन्यत्रको भन्दा पृथक रहेको निस्कर्ष निकालेको हो ।
‘सेन्टर फर सेल्युलर एन्ड मोलिक्यूलर बायोलोजी’ (सीसीएमबी) का वैज्ञानिकले संक्रमितमा कोरोना भाइरसको नयाँ प्रकार भेटिएको तथ्य पत्ता लगाएका हुन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार भारतको तमिलनाडु र तेलंगाना राज्यका संक्रमितमा फरक प्रकारको संक्रमण देखिएको छ ।
वैज्ञानिकले उक्त भाइरसलाई ‘क्लेड ए३आइ’ नामाङ्करण गरेका छन् । सीसीएमबीका निर्देशक राकेश मिश्राले ती दुई राज्यका अधिकांश संक्रमितमा ‘क्लेड ए३आइ’ देखिएको बताए ।