२२ जेठ– गण्डकी प्रदेशमा बिहीबार एकै दिन १६ जनामा कोरोना भाइरस (कोभिड–१९)संक्रमण पुष्टि भएको छ ।
बागलुङमा १०, पर्वतमा ४ तथा स्याङ्जा र म्याग्दीमा एक÷एक जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
बागलुङको निसीखोला गाउँपालिकाका २२ र २९ वर्षीय पुरुष, ३३ वर्षीया महिला तथा बडीगाड गाउँपालिकाका १६, २०, २१ र २५ वर्षका पुरुष र गल्कोट नगरपालिकाका २०, २२ र २३ वर्षका पुरुषमा कोरोना देखिएको हो ।
यस्तै पर्वत फलेबासका २१ वर्षका दुई पुरुष, बिहादी गाउँपालिकाका २४ र २८ वर्षका पुरुषमा कोरोना पुष्टि भएको छ । उता स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका १८ वर्षीय पुरुष र म्याग्दीको मंगला गाउँपालिकाका १९ वर्षका जना पुरुषमा समेत कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । संक्रमितहरु सबै भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरु हुन् ।
उनीहरुलाई सम्बन्धित जिल्ला अस्पतालको आइसोलेसनमा लैजानै तयारी भएको गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।