लकडाउनको समयमा राजधानीको एक होटलमा जुवा खेलिरहेका बेला उच्च व्यापारिक घरानाका व्यक्तिहरु पक्राउ परेका छन् ।
काठमाण्डुको कमलादीस्थित गगौंर बुटिक होटलबाट झण्डै एक दर्जन ठूला व्यापारी गएराति पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार त्यसरी पक्राउ पर्नेमा विशाल ग्रुपका म्यानेजिङ डाइरेक्टर अकोश अग्रवाल, सांघाई ग्रुपका म्यानेजिङ डाइरेक्टर रामचन्द्र सांघाइ, पुरुषोत्तम अग्रवाल, सुरेश अग्रवाल, गोविन्द अग्रवाल, नन्द शर्मा, विमल खेतान, विमल अबुजा र निक्की जोगाई लगायत छन् ।
पक्राउ परेकाहरुको साथबाट २ लाख ७७ हजार नगद र केही क्वाइन र चिप्स बरामद भएको प्रहरीले जनाएको छ । क्वाइन र चिप्स क्यासिनोमा जुवा खेल्नेहरुले प्रयोग गर्ने गर्छन् ।
Source:kathmandutoday