सिरहा, १७ जेठ– सिरहामा शनिबार बिहान कोरोना भाइरस (कोभिड–१९) का ११ संक्रमित थपिएका छन् ।
लहान नगरपालिकामा ८, धनगढीमाइ नगरपालिकामा २ र ठेगाना नखुलेका अर्का एक जनामा कोरोना देखिएको हो । ती सबै लकडाउनका समयमा भारतबाट आएकाहरु रहेको प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईंले बताए ।
प्रजिअ गुरागाईंका अनुसार संक्रमितहरुलाई धनगढीमाई नगरपालिकास्थित महेन्द्र गेनाई अस्पतालको आइसोलेसनमा राखिएको छ ।