१६ जेठ– सरकारले भारतबाट स्वदेश फर्कनेहरुका लागि विभिन्न २० नाका तोकेको छ ।
कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शुक्रबारको बैठकले स्थलमार्गबाट स्वेश स्वदेश फर्कन २० नाका तोकेको हो । यसअघि भारतबाट जथाभावी मानिसहरु आउँदा कोरोना महामारी फैलिएकाले निश्चित नाका तोकिएको प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीले जानकारी दिए ।
पशुपतिनगर, काकडभिट्टा, रानी, सुनौली, ठाडी, माडर, भिट्टामोड, मलंगवा, गौर, वीरगञ्ज, महेशपुर, वेलहिया, तौलिहवा, कृष्णनगर, जमुनाह, सुरजपुर, गौरिफन्टा, गड्डाचौकी, झुलाघाट र दार्चुला नाकाबाट मात्र नेपाल आउन सरकारले आग्रह गरेको छ ।