यहीँ गोधुलीमा तिमि आउछु भन्थ्यौ
म हरेक गोघुलीमा तिमिलाइ कुरीरहेछु
यी सुन्तले रंग भरी .. तिम्रो मायाको रंग देख्छु
छुन्छन यी रंगहरुले.. हिजोको तिम्रो सितल स्पर्श सम्झन्छु
हिजोआज सबै लोभहरु रित्तियका छन्
हिजोआज सबै चाहहरु सिदिएका छन्
मात्रै एउटा लोभ जिउँदो छ
गोधुलीमा तिमि आउने
गोधुलीमा तिम्रो स्पर्श लिनेे
चराहरु उडिरहेछन, गुड तिर भोलि फर्कन्छु भनेर
उज्यालो बाँस बस्न लाई आकाश अध्यारीदै छ
सितल हावा मन्द मन्द एताउती गरीरहेछ
म पर्खिरहेछु, तिमि चरा जस्तै गुड मा फर्कन्छौ भनेर
म पर्खिरहेछु, निर्द्वन्द्व ,रित्तो हृदय ,शून्य मस्तिष्क लिएर
गोधुलीले रंग फेरेर कालो रंग हुँदा सम्म पनि
म बाटो भरी आँखा ओछ्याइरहन्छु
जब बाटोमा आखाहरु रित्तो हुन्छन्
गोधुलीको रंग जस्तै अध्यारो हुन्छ मन
थुम्थुम्याउछु मन लाई र भन्छु
भोलि फ़ेरि आउनेछ गोधुली
पर्खाइ को यो सिलसिला मा ….
रित्तो गुंड तिर हेर्दै तिम्रो स्पर्श को चाह मा
बर्षौ पछि पनि
जब सबै रंग हरु खुइलिएर तिमी बेरंग हुनेछौ
शायद त्यस्तै कुनै एक गोधुली मा तिमी फर्किएर आयौ भने
यतै कतै संझना को पोका हरु मा धुलो टक्टक्याएर खोज्नु मलाई ….अवश्य पाउने छौ ।