रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
प्रदेश ५ सरकारका सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. उमासंकर चौधरीले संक्रमितको बिहीबार बिहान मृत्यु भएको बताए । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । यसअघि सिन्धुपाल्चोककी महिला र बाँकेका युवकको कोरोनाका कारण मृत्यु भएको थियो । मृतक गुल्मी मदाने गाउँपालिका–६ का ४१ वर्षीय शिक्षक हुन् ।
ज्वरो आउने र टाउको दुख्ने समस्या लिएर गत १ जेठमा अस्पताल आएका उनको स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । ती संक्रमितलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।