राष्ट्रिय सूचना आयोगले कोरोना भाइरस (कोभिड–१९) संक्रमितको विवरण नलुकाउन सरकारलाई निर्देशन दिएको छ ।
आयोगले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई संक्रमितको सबै विवरण सार्वजनिक गर्न निर्देशन दिएको हो । संक्रमितको स्थायी ठेगाना मात्र दिँदा अन्योल भएकाले संक्रमित हुँदाको स्थान पनि सार्वजनिक गर्न आयोगले भनेको छ ।
‘कोरोना भाइरसको संक्रमण वा यसैका कारण मृत्यु भएका व्यक्तिहरुको विवरण सार्वजनिक गर्दा संक्रमण वा मृत्यु हुँदाको बखत बसोबास गरेको स्थान वा स्थायी ठेगाना समेत उल्लेख गर्न सूचनाको हकसम्बन्धी ऐनको दफा १९ को खण्ड (ङ) बमोजिम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आयोगले २०७७ जेठ ६ मा आदेश दिएको छ’ आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।