कोरोना भाइरस (कोभिड–१९) का कारण तीन दिनअघि मृत्यु भएकी २९ वर्षीया सुत्केरी महिलाका नवजाश शिशुमा कोरोना संक्रमण पुष्टि नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मृतकका शिशु र श्रीमानसहित परिवारका सबै पाँच जनामा संक्रमण नदेखिएको जनाएको हो ।
धुलिखेल अस्पतालमा डा. सुमनराज ताम्राकारले पनि उनीहरु सबै स्वस्थ रहेको बताए । गत २४ वैशाखमा त्रिवि शिक्षण अस्पतालमा छोरा जन्माएर २५ वैशाखमा डिस्चार्ज भएकी महिलाको शनिबार धुलिखेल अस्पतालमा निधन भएको थियो ।